सामान्य निहुमा झगडा हुँदा एकजनाको मृत्यु



हाम्रो इकोनोमि

 

धनकुटाको भेडेटारनजिक एक होटलमा होटल मजदुरबीच भएको झगडामा एक मजदुरको मृत्यु भएको छ।

साँगुरीगढी गाउँपालिका( ६ मा रहेको होटल माउण्ट एभरेस्‍टमा कार्यरत २ मजदुरबीच झगडा हुँदा सोही ठाउँका वर्ष १८ का सुरज राईको मृत्यु भएको हो।

कामदार मात्र भएको अवस्थामा आपसी विवाद हुँदा सुनसरी चक्करघटीका करिब वर्ष १९ का निशान लिम्बूले गरेको धारिलो हतियारको प्रहारबाट राईको ज्यान गएको भेडेटार प्रहरीले जानकारी दिएको छ।

टाउकोमा गम्भीर चोट लागेका राईको घटनास्थलमा नै मृत्यु भएको भेडेटार प्रहरीका प्रहरी नायव निरीक्षक (सई) मेमबहादुर बस्नेतले जानकारी दिए। बिहीबार बिहान करिब ९ बजेतिर भएको उक्त घटनामा दोषी लिम्बूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बस्नेतले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ...