सामान्य निहुमा झगडा हुँदा एकजनाको मृत्यु



हाम्रो इकोनोमि

 

धनकुटाको भेडेटारनजिक एक होटलमा होटल मजदुरबीच भएको झगडामा एक मजदुरको मृत्यु भएको छ।

साँगुरीगढी गाउँपालिका( ६ मा रहेको होटल माउण्ट एभरेस्‍टमा कार्यरत २ मजदुरबीच झगडा हुँदा सोही ठाउँका वर्ष १८ का सुरज राईको मृत्यु भएको हो।

कामदार मात्र भएको अवस्थामा आपसी विवाद हुँदा सुनसरी चक्करघटीका करिब वर्ष १९ का निशान लिम्बूले गरेको धारिलो हतियारको प्रहारबाट राईको ज्यान गएको भेडेटार प्रहरीले जानकारी दिएको छ।

टाउकोमा गम्भीर चोट लागेका राईको घटनास्थलमा नै मृत्यु भएको भेडेटार प्रहरीका प्रहरी नायव निरीक्षक (सई) मेमबहादुर बस्नेतले जानकारी दिए। बिहीबार बिहान करिब ९ बजेतिर भएको उक्त घटनामा दोषी लिम्बूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बस्नेतले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...