सुन तस्करीको नयाँ प्रयोग घडी सुनकै, चाबी सुनकै



हाम्रो इकोनोमि

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै सुन तस्करी रोकिएको छैन ।

साढे ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धानपछि तस्करीमा नेपाली नागरिकको संलग्नता नदेखिए पनि विदेशी नागरिकले तस्करीलाई निरन्तरता दिइरहेको भेटिएको छ ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले मंगलबार साढे ३ किलो सुनसहित दुई जना थाई नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राहदानी नम्बर एबी १३७३७९८ बाहक जुथामस जाक्पारिंकक्याकूल र राहदानी नम्बर एबी १९९९५०३ बोकेका प्रियानुम होक्छाई छन् ।

विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले सुनकै घडीको कभर, माला, बेल्टको बक्कल, चाबी लगायत बनाएर तस्करी गर्न खाजेका थिए । तर, विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परे ।

उनीहरुलाई थप कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...