सरकार र डा. केसीको वार्ता असफल, कांग्रेसले यसरी चाल्यो वार्ता असफल बनाउन खेल



हाम्रो इकोनोमि

सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ ।

सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसीको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकार र डा। केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । तर, चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

सरकारी वार्ता टोलीले परामर्शका लागि एक घन्टा मागेको थियो । स्रोतका अनुसार टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो, जसले सम्वादहीनता अन्त्य गर्न पहल गरेका थिए ।

तर, नेता नेम्वाङले त्यस्तो संकेत नदिएपछि सरकारी टोलीले ठोस जवाफ दिन सकेन । डा। केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्बन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा। अभिषेकराज सिंहले बताएका छन् ।

सरकारले सत्याग्रहीको ज्यान जोखिममा पार्ने र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका काममा हलो अड्काउने रवैया देखाएको भन्दै उनले भनेका छन्, ‘यो अवस्थामा थप अलमल गरेर डा। केसीको स्वास्थ्यलाई झनै जोखिममा पर्न हामी तयार छैनौं ।’

डा. केसीको वार्ता टोलीले सरकारलाई उपलब्ध गराएको सूचीअनुसार सुधारसहित विधेयक पारित गर्ने प्रतिवद्धता आए मात्र अर्को वार्ता गर्ने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...