प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्र विवादमा, जोशीलाई बचाउन ज्यान फालेर लाग्यो कांग्रेस



हाम्रो इकोनोमि

 

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । तर, प्रमुख विपक्षी कांग्रेसले नमानेपछि संसदीय सुनुवाईका क्रममा विज्ञ नबोलाइने भएको छ ।

जोशीको सुनुवाई भोलि बिहीबार हुँदैछ । उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव मंगलबारकोे वैठकमा नेकपाका सांसदले राखेका थिए । तर, कांग्रेस नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञ बोलाउन नहुने मत राखेका छन् ।

समितिको कार्यविधिमा संसदीय सुनुवाईका क्रममा आवश्यकता अनुसार विज्ञलाई बोलाउने सकिने उल्लेख छ । तर, यसरी बोलाइने विज्ञहरुलाई सुनुवाईका क्रममा प्रश्न गर्ने अधिकार हुने छैन ।

प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध प्रमाणसहित उजुरी परेका छन् । जोशीको सबैभन्दा ठूलो विवाद चाहिँ यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ ।

 

पराजुलीको शैक्षिक प्रमाणपत्रको विवाद प्रधानन्यायाधीश भइसकेपछि आएको थियो । तर, जोशीको सोही प्रकृतिको विवाद भने सुनुवाई नहुँदै आएकाले संसदीय सुनुवाई समितिमाथि छानबिनको दबाव परेको छ ।

 

जोशीका सार्वजनिक जग्गा व्यक्तिलाई दिलाउन फैसला तथा नैतिक आचरणका पनि उजुरी परेको भन्दै नेकपाका सांसदहरुले सुनुवाईमा विज्ञ बोलाउने, गम्भीर प्रकृतिका उजुरीमाथि छानबिन गर्न समिति बनाउने प्रस्ताव राखेका थिए । तर, कांग्रेसले नमानेपछि बिहिबार हुने सुनुवाइमा विज्ञ बोलाइने छैन ।

 

कांग्रेस नेता कार्कीले भने आवश्यकताका आधारमा विज्ञ बोलाउने भनेर कार्यविधिमै लेखिएको बताए । तर, जोशीको बिहीबार हुने सुनुवाईमा भने विज्ञ बोलाउन आवश्यक नदेखेर आफूले अडान लिएको बताए । जोशीको सबैभन्दा ठूलो विवाद चाहिँ यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ ।

 

गम्भीर प्रकृतिका उजुरीमाथि थप छानबिन गर्न समिति गठन गर्ने कुरामा कांग्रेस वाधक नहुने कार्कीले बताए । उनले भने, ‘भोलिको सुनुवाईमा विज्ञ बोलाउन आवश्यक हुन्न भनेको हुँ । तर, आवश्यकता अनुसार बोलाउन सकिन्छ । जहाँसम्म प्रमाणपत्रको कुरा छ, बायोडाटासँग ती चीज पनि आउँछन् । आवश्यकता परेमा समिति बनाउन सकिन्छ । तर, म सस्तो लोकप्रियतातिर नलागौं भन्छु ।’

 

नेकपाका नेता योगेश भट्टराईले भने संसदीय सुनुवाइलाई थप पारदर्शी र जनसहभागितामुलक बनाउन सुनुवाईका बेला सम्वन्धित विषयका विज्ञलाई बोलाउने प्रावधान राख्न खोजिएको बताए । उनले जोशीविरुद्ध उजुरीका सन्दर्भमा भने समिति वैठकबाट उपयुक्त निकास दिइने बताए ।

 

नेकपा स्रोतका अनुसार जोशीको नक्कली प्रमाणपत्र विवाद लगायत अन्य विषयमा समिति बनाएर छानबिन गर्ने कि सामान्य सुनुवाई गरेर टुङ्गो लगाउने भन्ने बारेमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको निर्देशनको पर्खाइमा सांसदहरु छन् ।

 

समितिमा रहेका केही नेताले ओली र प्रचण्डलाई भेटेर जोशीको सन्दर्भमा गोपाल पराजुलीको भन्दा गम्भीर विवाद परेकाले सुनुवाइबाट अस्वीकार गर्ने कि छाड्ने भनेर निर्देशन मागिसकेका छन् । शीर्ष नेताले गोविन्द केसी प्रयोग गरेर नेकपाविरुद्ध घेराबन्दी गरिएको बेला प्रधानन्यायाधीशलाई सुनुवाईबाट अस्वीकार गर्दा त्यसलाई मसला बनाउने हुन् कि भन्ने आशंका जाहेर गरेको स्रोतले जनाएको छ ।

 

तर, शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भन्ने उजुरीका कारण नेताहरु निर्णयमा पुग्न सकेका छैनन् । प्रस्तावित प्रधानन्यायाधीश जोशीको एसएलसी र आईएलको प्रमाणपत्र नक्कली भएको उजुरी समितिमा परेको छ ।

 

यदि सुनुवाई समितिले न्यायपरिषदबाट सक्कल प्रमाणपत्रसहित आधिकारिक विवरण मागेमा वा सक्कलसहित उपस्थित हुन जोशीलाई आग्रह गरिएमा यथार्थ विवरण बाहिर आउनेछ । जोशीको त्रिविले दिएको प्रमाणपत्रमा एसएलसी पास गरेको स्कुलको नाम नेपाल राष्ट्रिय मावि र बिजय स्कुलको नाम छ । जबकी सिम्बोल नम्बर एउटै देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...