कांग्रेसले यसरी भाड्यो वार्ता, प्रधानमन्त्री ओलीको प्रस्ताव डा केसीले गरे ठाडै अस्वीकार



हाम्रो इकोनोमि

मेडिकल शिक्षा सुधार उच्च आयोग गठन र त्यसको नेतृत्व गर्न प्रधानमन्त्रीले गरेको प्रस्ताव आमरण अनशनरत डा गोविन्द केसीले अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले मंगलबार यस्तो प्रस्ताव गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले दाबी गरेका छन्।

 

‘मेडिकल क्षेत्रमा के कस्तो सुधार गर्नुपर्छ, त्यसका लागि उच्चस्तरीय आयोग बनाउने र त्यसको नेतृत्व गर्न डा केसीलाई आग्रह गरेकामा उहाँले मान्नुभएन,’ बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भट्टराईले भने।

 

प्रमुख प्रतिपक्षी कांग्रेस चार महिनाभन्दा बढी समय सत्ताबाहिर पर्दा छटपटिएको र बाटोमा भेटेको विषय टिप्दै हिँडेको पनि उनको दाबी थियो। डा केसीको माग चिकित्सा क्षेत्रमा सुधार नभएर राजनीति भइरहेको उनले आरोप लगाए।

 

केसीको माग पूरा गर्न माइतीघरमा प्रधानमन्त्रीलाई सत्ता छोड्न चेतावनी दिएर राजनाीतिक गरेको आरोप भट्टराईको थियो। उनले केसीको अनशन ग्रयान्ड डिजाइनअन्तर्गत भएको पनि दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...