प्रदेश २ का तीन राज्यमन्त्रीले सपथ लिए



हाम्रो इकोनोमि

प्रदेश २ सरकारका थपिएका ३ राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । राष्ट्रिय जनता पार्टीका तर्फबाट सिफारिस भएका ३ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराएका हुन् ।

बुधबार सुरेश मण्डलले उद्योग, पर्यटन, वन तथा वातावरण, डिप्पलकुमारी झाले भौतिक पूर्वाधार र अभिराम शर्माले सामाजिक विकास राज्य मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

झाले हिन्दीमा र बाँकी २ जनाले मैथिली भाषामा सपथ लिएका छन् । यो सँगै प्रदेश २ सरकारले पूर्णता पाएको छ । सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पनि उपस्थित थिए । तीनै जना राज्यमन्त्रीले बुधबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

सपथ समारोहमा नवनियुक्त राज्यमन्त्रीलाई शुभकामना दिनेहरुको भीड लागेको थियो ।

झुठो मुद्दामा फसाउन खोजियो स् राज्यमन्त्री शर्मा

सामाजिक विकास राज्यमन्त्री शर्माले राज्यले आफूलाई निराधार झुठो मुद्दा लगाएर फसाउन खोजेको प्रतिक्रिया दिएका छन् ।

मधेस आन्दोलनमा प्रहरी थमन विकलाई एम्बुलेन्सबाट झिकेर हत्या गरेको घटनाका फरार अभियुक्त रहेका शर्माले राजनीतिक विषयलाई आपराधिक मुद्दा बनाएर जबर्जस्ती फसाउन खोजेको बताए । उनले मधेसको जनताले दिएको म्यान्डेट अनुसार आफूले काम गर्ने पनि जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...