गोविन्द केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो :योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गरे ।

‘गोविन्द केसीको अनसन केहीसँग पनि नजोडिएको अलग्गै विषयचाहिँ होइन । हामी सयौं तथ्य प्रमाणसहित यो कुरा भन्न सकछौं’ उनले भने ‘यो बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन हो । जब यो राजनीतिक ग्राण्ड डिजाइन हो भने जसका विरुद्ध डिजाइन हुँदैछ भन्ने थाहा छ । त्यो पार्टीले त्यो डिजाइनबाट उम्किन, प्रतिकार गर्न, र त्यसबाट प्रतिरक्षा गर्न खोज्दैन तरु त्यही ग्राण्ड डिजाइनको भुमरीमा फस्छौं त रु हो हामी फस्न चाहँदैनौं ।’

गोविन्द केसीको माग शैक्षिक माग हो भने माइतीघरमा प्रधानमन्त्रीका विरुद्ध उत्तेजित नारा नलाग्ने पनि उनले बताए । ‘हामीलाई शंका थियो । यो माग राजनीतिक ढंगले आएको छ । उहाँको पक्षमा जो मान्छे सडकमा आए उनीहरुको माग त प्रष्ट रहेछ’ भट्टराईले भने ।

गोविन्द केसीको माग साँच्चै शैक्षिक माग हो भने सरकारसँग कुनै विमति नरहेको पनि उनले बताए । ‘तपाई हाम्रो सत्ता फाल्न आउनुभएको छ भने तपाईको कुरा हामी किन मान्ने रु’ भट्टराईले भने ‘तपाई त सरकारलाई अपदस्त गर भन्न थाल्नुभएको छ भने हामी किन मान्छौं रु हामी अपदस्त हुन चाहन्छौं त, त्यो राजनीतिक म्याण्डेट हो त रु’

पाँच महिना सरकारबाहिर बस्दा कांग्रेसभित्र उत्पात भइसकेको पनि भट्टराईले बताए ।

गोविन्द केसीको वार्ता टोली अहिलेकै विधेयक संशोधन गरेर अगाडि बढ्न लगभग सहमत भएको भन्दै भट्टराईले यो सकारात्मक भएको बताए । ‘यो राम्रो कुरा हो । म यसलँई स्वागत गर्छु । त्यसलाई ९विधेयक० स्थगित गर्ने कि कुन कुन दफा सच्याउने कि हामी सल्लाह गर्छौं’ उनले भने ।

चिकित्सा शिक्षा विधेयकको विषयमा संसदीय समितिमा डा। केसीलाई असीमित समय दिएर छलफल गर्न आफूहरु तयार रहेको पनि भट्टराईले बताए ।

 

प्रतिक्रिया दिनुहोस
भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ...