डा.गोविन्द केसीको माग सम्बोधन नभएको भन्दै कांग्रैसद्धारा संसद अवरुद्ध



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

 

बुधबारको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईंमाथि कानुनी कारवाही लगायतका माग पूरा नहुन्जेल बैठक चल्न नसक्ने बताए । राष्ट्रियसभा सदस्य पाण्डेको भनाइसँगै कांग्रेसका सदस्यहरुले उभिएका थिए ।

 

कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित गरे ।
त्यसअघि अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै बैठकमा उपस्थित हुनका लागि ध्यानाकर्षण गराएका थिए । बुधबारको बैठकमा विषयगत समिति गठन गर्ने कार्यतालिका थियो । राष्ट्रियसभाको मंगलबारको बैठक पनि कांग्रेसको विरोधका कारण अवरुद्ध भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...