अन्तर्राष्ट्रिय कल बाइपासको अवैध धन्दामा संलग्न दुई नेपाली एजेन्ट रंगेहात पक्राऊ



हाम्रो इकोनोमि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय कल बाइपासको अवैध धन्दामा संलग्न दुई नेपाली एजेन्टलाई पक्राउ गरेको छ ।

 

चितवन र चन्द्रागिरीमा छापा मारेर रुपन्देहीको तिलोत्तमा–११ का ३१ वर्षीय विजय गुरुङ र चितवनको भरतपुर–१६ का २२ वर्षीय सुनिल अधिकारीलाई पक्राउ गरिएको हो ।

 

ब्यूरोका एसपी कृष्णहरि शर्माका अनुसार उनीहरुलाई भरतपुर–१०, चारतले चोकस्थित नारायण पौडेलको घरमा छापा मारेर भीओआईपीमा प्रयोग हुने विभिन्न सामग्रीसहित पक्राउ गरिएको हो ।

 

पक्राउ परेका गुरुङले काठमाडौंको चन्द्रागिरी–५ स्थित हाई भिजन कोलोनीस्थित नारायण श्रेष्ठको घरमा जीओआईपी राखेको खुलेपछि त्यहाँ पनि सीआईबीले छापा मारेको जनाइएको छ ।

 

‘चितवनमा चलाइएको अपरेशनबाट १ सय २८ र ६४ पोर्टको भीओआईपी सीम बक्स, एयरटेलको फोरजी राउटर, टिपीलिंक राउटर लगायत बरामद भएको छ’, शर्माले भने, ‘चन्द्रगिरीबाट भने ६४ पोर्टको जीओआईपी गेटवे र त्यसको चार्जरसहितका अन्य सामग्री बरामद भएको छ ।’

 

मुख्य अभियुक्त बंगलादेशमा

ब्यूरोका अनुसार अवैध कल बाइपासमा संलग्न उनीहरुले एक जना बंगलादेशी नागरिकको निगरानीमा भीओआईपीको धन्दा चलाएको खुलेको छ । प्रहरीका अनुसार बंगलादेशको पन्चगढ, मिर्जापुरका अन्दाजी ३३र३४ वर्षको मिर्जा शाहिर आलम तुर्जौ यो प्रकरणका मुख्य योजनाकार हुन् ।

 

उनी हाल ढाकाको टिकियो स्क्वायर नजिक बस्ने गरेको खुलेको छ । भीओआईपीको मुख्य सर्भर समेत ढाकामै राखेर अवैध धन्दा चलाउने गरिएको भेटिएको ब्यूरोका अधिकारीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...