सुर्खेतमा जिप दुर्घटना हुँदा ९ घाईते, चालक पक्राऊ



हाम्रो इकोनोमि

 

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको जिप मंगलबार दिउँसो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जाजरकोटतर्फ जाँदै गरेको भे १ ज ७७२ नम्बरको जीप सिम्ता गाउँपालिका(६ गजौडा नजिकै दुर्घटना भएको हो।

 

दुर्घटनामा जाजरकोट कुसे गाउँपालिका वडा ५ प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका वडा ६ हरिकला रोकाय, मिनप्रसाद महतारा, आयुस महतरा र मानवी महतरा घाइते भएका छन्।

 

त्यस्तै कुमाख गाउँपालिका(५ सल्यानका विष्णुकुमारी शाही, पुजा वुढाथोकी र राप्ती सोनारी गाउँपालीका–२ बाँकेका दिपक सेन पनि घाइते भएको इलाका प्रहरी कार्यालय बाँदेपिपलले जनाएको छ। इप्रका प्रमुख दामोदर अधिकारीका अनुसार जीप सडकबाट करिव १५ मिटर तल खसेको छ।

 

घाइतेहरुलाई सल्यानको सल्लीबजारमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको अधिकारीले जानकारी दिए । जीपका चालक विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...