आफ्नै दाइबाट बारम्बार बलात्कृत किशोरीलाई गर्भपतन गराएपछि ६ महिना कैद



हाम्रो इकोनोमि

आफ्नै दाजुबाट बारम्बार बलात्कृत भएकी एक १५ वर्षीया किशोरीले गर्भपतन गराएपछि उनलाई ६ महिना कैद सजाय सुनाइएको छ।

इन्डोनिसयन अदालतका अधिकारीहरुका अनुसार गतहप्ता ती किशोरीलाई कैद सजाय सुनाइएको हो। सुमात्रा प्रान्तको मुराया बुलियन जिल्लाको अदालतका न्यायाधीश आरिफ बुढाम्यानका अनुसार १७ वर्षीया वर्षिय दाइले पछिल्लो वर्षमा ती किशोरीलाई आठ पटक बलात्कार गरेका थिए।

 

उनका दाइलाई किशोरीमाथि यौन हमला गरिएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ साथै गर्भ बसेको ६ महिनामा गर्भपात गराएको भन्दै किशोरीलाई पनि ६ महिनाको कैद सुनाइएको हो।

 

तर, कतिपयले भने ती पीडित किशोरीलाई सजाय दिन नहुने जिकिर गरेका छन्। तर, इन्डोनेसियामा गर्भपतन कानुनी रुपमा अपराध भएकाले उनलाई सजाय सुनाइएको हो।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...