सरकारले गंगामायालाई दियो १ करोड १९ लाख रुपैंया



हाम्रो इकोनोमि

 

छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ ।

अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो ।गंगामायाका अधिवक्ता आषिकराम कार्कीका अनुसार कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको १ करोड रुपैयाँ राखिदिएको हो ।
यस अवधिमा जम्मा हुन आएको १९ लाख ६३ रुपैयाँ ब्याजसमेत सरकारले गंगामायाको खातामा राखिदिएको छ ।

अनशन बसेको ३ सय ३४ दिनका दिन २०७१ असोज ६ गते पति नन्दपसाद अधिकारी बितेपछि गंगामायासँग सरकारले ५ बुँदे सम्झौता गर्दै अनशन तोडाएको थियो ।
५ बुँदे सम्झौतामा घटनाका मुख्य अभियुक्तलाई पक्राउ गरी जेल चलान गर्नुपर्ने, फरार भई उत्तरी आयरल्यान्डमा बस्दै आएका अर्का मुख्य अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाई कारबाही गर्नुपर्ने, गंगामायाको जीवन निर्वाहका लागि सरकारले १ करोड रुपैयाँको अक्षय कोष खडा गर्ने, नन्दप्रसादको सद्गत गर्ने र गंगामायाले अनशन तोड्ने सम्झौता तत्कालीन कानुनमन्त्री नरहरि आचार्यले गरेका थिए ।

 

तर, सरकारले कुनै पनि सम्झौता पालना नगरेको भन्दै गंगामाया गत जेठ १५ गते पुनस् आमरण अनशनमा बसेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...