शिक्षकलाई मन्त्रीले सोधे राजनीति गर्ने कि पढाउने ? राजनीति गर्ने भए राजिनामा दिएर घर जानुस



हाम्रो इकोनोमि

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरु राजनीतिक दलको नेता बन्न खोज्दा शिक्षाको गुणस्तर खस्किएको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा उनले भने ‘शिक्षकको पहिचान परिवर्तन हुनु जरुरी छ, म यो राजनीतिक दलमा, यो ट्रेड यूनियनमा भन्ने पहिचान हटाउनुपर्छ ।’

 

उनले राजनीति गर्ने कि कक्षाकोठाभित्र केन्द्रित हुने रु भन्दै शिक्षकहरुसँग प्रश्न गरे । ‘अब शिक्षकको सूचक विद्यार्थीलाई कसरी पढाउँछन्, विद्यालयमा कति समय दिइरहेका छन् त्यसले निर्धारण गर्छ’ उनले भने ।

 

अहिलेका कतिपय शिक्षक शिक्षकजस्तो नभएको बताउँदै मन्त्री पोखरेलले योग्य शिक्षक नभएकै कारण शिक्षाको स्तर खस्किरहेको बताए ।उनले जनप्रतिनिधिहरुले पनि कुनै व्यक्ति जागिर नपाएपछि शिक्षक बनाउने विगतको जस्तो प्रथालाई निरन्तरता दिए शिक्षा झन् बर्बाद हुने बताए । मन्त्री पोखरेलले भने नपढाई राजनीति गर्ने भए राजिनामादिएर घर जानुस ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...