कानूनमन्त्रीमा पोखरेल र ढकालको चर्चा,कसले मार्ला बाजी



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी गरेको छ ।

 

नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

 

दुई जनामध्ये एक जनालाई छानेर आजै शपथ खुवाउने तयारी रहेको स्रोतको दाबी छ । तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वाचित बनेका हुन् भने पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

 

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएपछि विवादमा तानिएका कानुमन्त्री तामाङलाई नेकपाले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...