ट्रम्पसँग लसपस भएको थाहा पाएपछि पोर्नस्टार डेनियलका श्रीमानले गरे सम्बन्ध बिच्छेदको निर्णय,अदालतमा दिए मुद्धा



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथ कथित सम्बन्ध रहेको खुलासा गरेकी पोर्नस्टार अभिनेत्री स्टार्मी डेनियलसँग उनका श्रीमानले ‘धोकेवाज’ भन्दै अलग हुने निर्णय गरेका छन् ।

 

श्रीमानले एडल्ट एक्ट्रेस डेनियलमाथि एक्स्ट्रा मैरिटल अफेयर ९एडल्टरी० को आरोप लगाएका छन् । उनले गत साता सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन समेत दिइसकेका छन्।

 

यद्यपि डेनियलका वकिल माइकल एवेनटीले ट्वीटरमा एउटा वक्तव्य जारी गर्दै भनेका छन्–स्टार्मी डेनियल र उनका श्रीमान ग्लेनले अगल हुने निर्णय गरेका छन् । डेनियलको वास्तविक नाम स्टेफनी क्लिफोर्ड हो । उनी ३९ वर्षकी छन् । उनले सन् २०१० मा ४१ वर्षीय ग्लेन डन क्रैनसँग विवाह गरेकी थिइन् । ग्लेन मेटल म्युजिसियन तथा बयस्क चलचित्रका अभिनेता हुन् । डेनियलको यो तेस्रो विवाह हो। उनले सन् २०११ मा एउटी छोरी जन्माएकी थिइन् । एवेनटीले भने–स्टार्मीको छोरी उनको प्राथमिकतामा रहनेछ।

 

यसअघि पोर्नस्टार स्टार्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्धको विषयमा एउटा इन्टरभ्यूमा भनेकी थिइन् कि उनले बिना गर्भनिरोधक ट्रम्पका साथ सम्बन्ध कायम गरेकी थिइन् । अमेरिकी मिडियाले यो अन्तर्वार्तालाई धमाकेदार बताएका थिए। डेनियल्सले पनि भनेकी थिइन् कि शारीरिक रुपले उनी ट्रम्पप्रति आकर्षित थिइनन् ।

 

यस्तै ‘वाल स्ट्रीट जर्नल’ को एउटा रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति पदको चुनाव लड्ने क्रममा डोनाल्ड ट्रम्पले सन् २०१६ मा आफ्नो निजी वकिलको माध्यमबाट एक जना पूर्व पोर्नस्टारलाई करिब ८२ लाख रुपैयाँ दिएका थिए । यो पैसा पूर्व पोर्नस्टारलाई आफूसँगको यौन सम्बन्धका बारेमा कुरा नखोल्न दिइएको हो ।

 

भनिन्छ कि एक्स–रेटेड अभिनेत्री स्टीफेनी क्लिफोर्ड र ट्रम्पबीच सन् २००६ मा यौन सम्बन्ध कायम भएको थियो । ट्रम्पले सन् २००५ मा मेलानियासँग विवाह गरेका थिए । व्हाइट हाउस भने ट्रम्प र डेनियल्सबीचको सम्बन्धसम्बन्धी समाचारको खण्डन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...