भूकम्पमा मृत्यु भएकाको परिवार नै लाभग्राहीको सूचीमा छैन, पिडित भए घर न घाटको



हाम्रो इकोनोमि

 

देशका विभिन्न जिल्लाका भूकम्प पीडितहरु आफ्नो निजी आवास निर्माणको काममा जुटिरहेका बेला रामेछाप नगरपालिका(८ भंगेरिका दशरथबाबु श्रेष्ठ भने कागजपत्रकै झमेलामा छन् ।

 

भूकम्पले श्रेष्ठको घर मात्र भत्किएन, घरले किचेर उनका ९३ वर्षीय बाबु जनक श्रेष्ठको मृत्युसमेत भयो । गएको०७२ सालमा गएको विनासकारी भूकम्पले रामेछाप जिल्लामा ४१ जनाको ज्यान गयो । तिनै मध्ये एक थिए दशरथबाबु श्रेष्ठका पिता जनक श्रेष्ठ । श्रेष्ठलाई वैशाख १२ गते आएको भूकम्पले उनी बसेको घरले किचेर ज्यान लियो ।

 

भूकम्पले घर भत्किएको पीडाभन्दा पनि वृद्ध बाबुलाई घर भत्किएर किच्दा ज्यान गएको पीडाले लामो समयसम्म सतायो । अहिले बाबुले ज्यान गुमाएको पीडा त छँदै छ, त्योसँगै अहिले भूकम्प पीडितको लाभग्राहीको सूचिमासमेत नाम नपरेको पीडा उनको छ ।

 

रामेछाप जिल्लामा करिव ५० हजार घर परिवार लाभग्राहीको सूचिमा पर्दा पनि घर भत्किएर बाबु गुमाएका दशरथबाबु श्रेष्ठ भूकम्प पीडितको सूचिमा परेनन् । पहिलो पटक नाम नआएपछि उनले गुनासो गरे । तर, उनको नाम आएन । फेरि गुनासो भरेपछि भने उनको नाम घर मर्मत गर्नेको सूचीमा निस्कियो ।

 

अहिले उनी भूकम्पले आफ्नो घर भत्किएको पुष्टि गर्ने कागजात र फोटोहरु बोकेर सरोकारवाला निकायमा धाइरहका छन् । तरपनि उनको गुनासो खासै सुनुवाई भएको छैन ।

 

‘घर भत्किएर बुवालाई किचेर ज्यान नै लियो । घर उतिबेलै भत्कियो । भत्किएको घरबाट नेपाली सेनाको टोली आएर लास निकाल्यो । अहिले बाँसको टहरो बारेर बसेका छौँ ।’ श्रेष्ठले भने, ‘घर भएपो मर्मत गर्नु । घरै छैन, घर मर्मत गर्नेका सूचीमा नाम निस्किएको छ ।’

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...