सर्पदंश पीडितको संख्या सँगै उपचार केन्द्रको प्रभावकारिता बढ्दै



हाम्रो इकोनोमि

 

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रले गत वर्ष एक हजार ४०७ जना सर्पदंशका पीडितको उपचार भएको छ ।

 

सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँगाउँबाट सर्पदंशको डसाइपछि उपचारमा ल्याइएका पीडितमध्ये १२५ जनामा विषालु सर्पको डसाइको जीवाणु फेला परेको थियो ।

 

सर्पदंशका पीडितको उपचारमा सक्रिय रहेकाा पदमबहादुर राईले सर्प बढी देखिने वर्षायाममा उक्त उपचार केन्द्रमा दैनिक सरदर आठदेखि १५ जना पीडित उपचारका लागि आउने गरेको बताए ।

 

यो वर्षको वैशाखदेखि साउनको पहिलो सातासम्म उक्त सामुदायिक सर्पदंश उपचार केन्द्रमा ५५१ जना सर्पदंशका पीडितले एन्टिस्नेक भेनम सिरम औषधि प्राप्त गरिसकेको उपचारमा संलग्न अर्का सेवा प्रदायक विनोद कट्वालले थप जानकारी दिए ।

 

सो आवधिमा आउने सेवाग्राहीमध्ये २९८ जना महिला र २५३ जना पुरुष रहेका छन् । सर्पदंशपछि उपचारमा आउने पीडितमध्ये पछिल्लो चार महिनाको आँकडा हेर्दा ४५ जना पीडितमा विषालु सर्पको डसाइ फेला परेको पाइएको छ ।

 

गर्मी मौसम बढेसँगै सर्पदंशको पीडित हुने क्रममा पनि बढिरहेको उपचार केन्द्रले जनाएको छ । यस महिनाको ६ गतेभित्रमा सर्पदंशको पीडित भएर उपचारका लागि आउने पीडितको संख्या छ दिनमा ६२ जना पुगिसकेको छ । असार महिनामा २५० जना सर्पदंशका पीडितले यस उपचार केन्द्रबाट उपचार सेवा पाएर घर फर्केका थिए ।

 

विंसं २०६९ पछि नेपाली सेनाको पूर्वी पृतना मुख्यालय र इटहरीवासीको साझेदारी सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएपछि उक्त केन्द्रले यो अवधिमा सात हजार ४७७ जना सर्पदंशका पीडितको उपचार गरेको तथ्यांक पनि उक्त उपचार केन्द्रले जनाएको छ । हालसम्म उपचार गरिएका पीडितमध्ये ५३९ जना विषालु सर्पको डसाइमा परेका रहेको पनि तथ्यांकमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...