चिकित्सक संघले वैकल्पिक ओपीडी चलाएर देशभर अनसन बस्नू भन्दै यसरी जारी ग¥यो उर्दी



हाम्रो इकोनोमि

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे उर्दी पनि जारी गरेको छ ।

चिकित्सक संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाएको छ । साथै देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सञ्चालन गर्न आहृवान गरेको छ ।

देशभरका चिकित्सकहरुलाई आआफ्नो जिल्लामा रिले अनसन, र्‍याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन पनि भनेको छ ।

उपत्यकाका चिकित्सकहरुले भने बसन्तपुरमा विहान १० बजेदेखि ५ बजेसम्म अनसन बस्ने महासचिव लोचन कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...