विश्वप्रकाशले प्रचण्डलाई हाने यस्तो वाण,लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि सम्झिनू



हाम्रो इकोनोमि

नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले आफ्नो पृष्ठभूमि ख्याल गर्न सचेत गराएको छ ।

सोमबार दिउँसो पुष्पलाल स्मृति दिवसको कार्यक्रममा प्रचण्डले त्यस्तो आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गरेका हुन् ।

प्रचण्डले अनसनरत डा. गोविन्द केसीको उपचारसमेत गर्न नदिएर कांग्रेसले लासको राजनीति गर्न खोजेको आरोप लगाएका थिए । जवाफमा कांग्रेस प्रवक्ता शर्माले लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो व्यक्तित्वको उचाइ र पृष्ठभमि हेक्का राख्न आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री रहिसकेका र विगतमा १० वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डलाई शर्माले भनेका छन् लासको राजनीतिझ आरोप लगाउनुअघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभूमि हेक्का राख्नुपर्थ्यो कि कमरेड ११’

शर्माले डा. केसीले अनसन नबसेर के बन्दुक उठाउनुपर्थ्यो कि भनेर पनि प्रश्न गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...