यौन प्रस्ताव अस्वीकार गरेपछि ६९ वर्षीया बृद्धाको हत्या, यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरेको भन्दै गुल्मीमा ६९ वर्षीया बुद्धाको हत्या भएको खुलेको छ ।

यौन प्रस्ताव अस्वीकार गरेपछि चन्द्रकोट गाउँपालिका(४ शान्तिपुर, डाँडा वनका ४२ वर्षीय गोकुल सार्कीले सोही ठाउँकी एक बृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्धिबेदीले बताए ।

यही साउन ४ गते साँझ ७ वजे मदिराको मातमा गोकुलले बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार भएपछि बृद्धालाई मुक्का प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक द्धिबेदीको भनाइ छ ।

प्रहरी नियन्त्रणमा रहेका गोकुलले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि कन्चट र छातीमा मुक्का प्रहार गरी बृद्धाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

 

घटनाबारे थप अनुसन्धान प्रकृया अगाडि बढाइएको एसपी द्धिवेद्धीले जानकारी दिए । मृतक बृद्धाका ३ छोरी र १ छोरा छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...