डा. केसीको अनशन २४ औ दिनमा, जीवनको अन्तिम घडीमा मृत्युसँग यसरी लडिरहेछन्



हाम्रो इकोनोमि

 

डा. गोविन्द केसीको अनसनको आज २४औं दिन। डा. केसीको यो अनसन अहिलेसम्मकै लामो हो। यसअघि उनि २३ दिनसम्म अनसन बसेका थिए। १५औं अनसन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु गरेका डा केसीलाई सरकारले उपचार गर्ने भन्दै जबर्जस्ती उठाएर २०औं दिनमा काठमाडौं ल्याएको थियो।

 

जुम्लामा अस्पतालभित्रै प्रहरीले हस्तक्षेप गरी विद्यार्थी, स्वास्थ्यकर्मी र स्थानीयबासीमाथि लाठी चार्ज र अश्रुग्यास प्रहार गरेर डा केसीलाई काठमाडौं ल्याइएको थियो। उक्त घटनापछि डा केसीले कुनै स्वास्थ्य परीक्षण र उपचार नगर्ने अडान लिएका छन्। डा केसीको रेखदेखमा बसेको मेडिकल टिमले यही अवस्था रहे जुनसुकै बेला खतरा हुन सक्ने बताएका छन्।

 

आइतबार बेलुकी डा केसीलाई भेट्न पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मेडिकल टिमले स्पष्ट भनेको थियो( ुतपाईं समक्ष के(कस्ता कुरा आइपुग्छ त्यो हामीलाई जानकारी छैन। तर, यस्तै अवस्था रहिरहेमा तपाईंले डा केसीलाई फेरि भेट्न नपाउन पनि सक्नु हुन्छ। हि इज सिरियस्ली इल।’

 

आइतबार बेलुकी नै डा केसीलाई भेट्न आमा मित्रकुमारी पनि अनसनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन्। छोराको अवस्था देखेर आँसु मात्र झारेकी आमा मित्रकुमारीले केही बोल्न सकेकी थिइनन्। डा केसी पनि आमालाई देखेर रोएका थिए।

 

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखी १५ पटकसम्म अनसन बस्न वाध्य भएका डा केसीको माग सम्बोधनको विषयमा भने सरकारले खासै पहल गरेको छैन। चिकित्सा शिक्षा विधेयकलाई अध्यदेशमा भएको व्यवस्था अनुरुप नै प्रस्तुत गर्नुपर्ने मुख्य माग राखी डा केसीले अनसन थालेका हुन्। यद्यपि सरकारको अहिलेसम्मको गतिविधि हेर्दा ऊ पलेर जाने मनस्थितिमा देखिएको छ। म्यान्डेटप्राप्त वार्ता टोलीसमेत गठन नगरी सरकारले डा केसीलाई निःशर्त वार्तामा आउन भनिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...