कामु प्रधानन्यायाधीश बिरुद्ध ५ मुद्धा , यस्ता छन् आरोप



हाम्रो इकोनोमि

 

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्र्रधानन्यायाधिश जोशीको सुनुवाई साउन १० गते बिहीबार गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि सोमबारदेखि नै छानबिन पनि सुरु गरेको छ । मंगलबार उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानविनको काम सुरु गरेको हो ।

 

जोशीविरुद्ध ५ वटा उजुरी परेका छन् । सो उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार अपरान्ह उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

 

समितिको गत साउन ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...