डा. केसीको अनसनको कुनै तुक छैन, कांग्रेसको मुद्धामा मलजल गर्ने काम मात्र गरेको छ मुख्यमन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आमरण अनसनरत डा। गोविन्द केसीको आलोचना गरेका छन् ।

डा। केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र कांग्रेसले केसीका मुद्दालाई साथ दिन नभई सरकारलाई असफल बनाउन आन्दोलन गरेको बताए ।

 

नयाँ सरकार गठन हुँदा मौन रहेको कांग्रेस दुई कम्युनिष्ट पार्टीबीच एकता भएपछि अब ५ वर्ष कुनै हालतमा सरकारमा पुग्न सकिँदैन भन्ने देखेर अत्तालिएको मुख्यमन्त्री पोखरेलले बताए ।

 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसका अवसरमा सोमबार बुटवलमा भएको कार्यक्रममा नेकपाका नेता समते रहेका मुख्यमन्त्री पोखरेलले विगतमा कांग्रेसकै नीतिका कारण शिक्षा, स्वास्थ्यमा निजी क्षेत्रको लगानी आएको बताए । उनले भने, ‘अहिले त्यही ठिक होइन भन्ने लागे कांग्रेसले हाम्रो नीति गलत थियो भनेर आत्मालोचना गर्नुपर्छ ।’

 

काठमाडौंमा थप मेडिकल कलेज खोल्नु हुँदैन भन्ने डा. केसीको माग मनमोहन कलेजबिरुद्ध भएको पोखरेलले बताए । उद्देश्य गलत भए पनि जनमानसमा डा। केसीले उठाएका माग पवित्र छन् भन्ने भ्रम रहेको उनले बताए ।

 

मुख्यमन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यसमा हुने लगानीलाई नाफारहित बनाउनु पर्ने बताए ।
नेकपाका नेतासमेत रहेका पोखरेलले नेपकपा पुष्पलालले देखाएको बाटोमा अघि बढिरहेको धारणा राखे ।

 

सरकार बनाउने भन्दा समाज बदल्ने महत्वपुर्ण हो भन्ने पुष्पलालको धारणा रहेको भन्दै उनले त्यसलाई सार्थक बनाउन र ३ वर्षभित्र जनताले अनुभूति गर्ने गरी परिवर्तन गर्न पार्टी संगठन र कार्यकर्ता विकास र समृद्धिको अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...