झारफुक गरिदिन्छु भन्दै १२० महिला बलात्कार गर्ने झाक्री प्रहरीको फन्दामा , अब उनलाई यस्तो हुन्छ सजाय



हाम्रो इकोनोमि

परम्परा अनुसार नै पुजारी भन्दै सम्मान गर्ने समाजले पछुताउन थालिसकेका छन्। जनविश्वासकै आधारमा धामी झाँक्री तथा पुजारीहरु सबै राम्रै नियतका हुँदैनन्। कतिपयको नराम्रो नियत नै हुन्छ ।

त्यस्तै घटना भारतको हरियाणाको फतेहाबाद जिल्लामा एक तान्त्रिक पुजारी अमर पुरीलाई प्रहरीले पक्राउ गरेको छ । ‘अमरपुरी’ नाम गरेका पुजारी १२० जना महिलासँग जबरजस्ती सम्बन्ध बनाएको आरोप लागेको छ ।

अमरपुरी प्रेतबाधाको नाममा महिलालाई फसाउथे र तन्त्र विद्याका बीचमा नशायुक्त औषधि खुवाउथे । बेहोस भएका महिलालाई बलात्कार गर्थे । त्यति मात्रै होइन् बलात्कार गरेसंगै ती पुजारी भिडियो बनाउँथे ।

त्यसपछि तिनै महिलालाई भिडियोको माध्यमबाट व्ल्याकमेल गर्दै आर्थिक र शारीरिक शोषण गर्ने गरेको प्रहरीले बताएको छ । अमरपुरीमाथि ९ महिना पहिला एक महिलाले बलात्कारको आरोप प्रहरीकहाँ दर्ता गरेकी थिइन्। त्यसपछि उनी पक्राउ परेका परेका हुन्।

तान्त्रिक अमरपुरीले महिलासँग शारीरिक सम्बन्ध बनाएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएका थिए । यसपछि अमरपुरीलाई पक्राउ गरिएको थियो ।

प्रहरीले अमरपुरीका साथबाट १२० भिडियो फेला पारेको छ जसमा महिलासँग शारीरिक सम्बन्ध राखिएको भिडियो रहेको छ। पुजारीको कोठाबाट नशालु औषधि र तन्त्र मन्त्रका सामान प्रहरीले फेला परेको छ । त्यसपछि उनी कस्ता पुजारी हुन् भनेर देशव्यापी चर्चा भएको हो ।

प्रहरीका अनुसार अमरपुरीको कोठामा तीन ढोका थिए । उनले गोप्य रुपमा महिलालाई आफ्नो कोठामा लैजान्थे । उनको कोठामा सीसीटीभी क्यामेरा जडान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...