चौतर्फी प्रहारपछि ओलीको प्रतिरक्षाका लागि यस्तो छ रणनीति, प्रतिरक्षा नगरेको भन्दै पार्टी नेतृत्वसँग भए क्रुद्ध



हाम्रो इकोनोमि

सरकारमाथि चौतर्फी आक्रमण भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिरक्षा रणनीति बनाउने तयारीमा लागेका छन्। उनले यसको शुरुवात नेकपा निकट चिकित्सकहरूबाट शुरु गरेका छन्।

यही रणनीति बनाउन उनले आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट चिकित्सकसँग छलफल गरे। डा गोविन्द केसीको अनशनलाई लिएर सरकारमाथि आक्रमण भएको विषयमा उनले छलफल गरेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले उक्त भेटको पुष्टी गरे।

केही दिनअघि बसेको पार्टी स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले सरकारमाथि चौतर्फी आक्रमण हुँदा पनि पार्टीका नेताहरूले बचाउ नगरेको बताउँदै असन्तुष्टि पोखेका थिए। अर्का अध्यक्ष प्रचण्डले पनि सरकारको आलोचना जनस्तरबाट भएको भए पनि बचाउ गर्न निर्देशन दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...