सेवा रोक्न नहुने भन्दै शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे



हाम्रो इकोनोमि

शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो ।

केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही कुरामा दुई पक्षबीच भनाभन भयो । भनाभनकै क्रममा नर्सहरूले चिकित्सकको कठालो समाए । प्रहरीले पनि रोक्न सकेन । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म पु(याए । प्रहरीको उपस्थितिमा दिनभर सेवा सञ्चालन भयो, बन्द गराउनेहरू अस्पताल हाताबाहिर रहे ।

डा। गोविन्द केसीको अनशनको विषयलाई लिएर चिकित्सकहरूबीच नै ध्रुविकरणभएको छ । केसीको माग सम्बोधन गराउन देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णयसँगै चिकित्सकहरू दुई ध्रुवमा विभाजित भएका हुन् ।

डा। केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव प(यो ।

शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य सेवा दिइयो । शिक्षण अस्पतालले दिनभर सामान्य सेवा सञ्चालन भएको बतायो । यस्तै पाटन र वीरमा पनि सामान्य रूपमा सेवा सुचारु रह्यो । धादिङबाट उपचार गर्न शिक्षण अस्पताल महाराजगन्ज आएकी सरिता धमलाले ढिलै भए पनि सेवा पाएको बताइन् । ‘बिहान केहीबेर लफडा भएको थियो, त्यसपछि आन्दोलनकारी अस्पतालबाट लखेटिए र सेवा सुरु भएपछि जाँच गराएँ,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...