भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, के हुन्छ अब ?



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तल्लो सदन लोक सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। बुधबार दर्ता भएको अविश्वास प्रस्तावमाथि शुक्रबार छलफल हुँदैछ।

तेलगु देशम पार्टीका सांसद केसीनेनी श्रीनिवासले प्रधानमन्त्री मोदीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्षी कंग्रेस आई, त्रिणमूल कंग्रेसलगायत पाँच दलले प्रस्तावको समर्थन गरेका छन्।

५४४ सदस्यीय लोकसभामा सत्तारूढ गठबन्धन एनडिएका ३१२ सांसद छन्। भारतीय जनता पार्टीका मात्र २७३ सांसद छन्। प्रतिपक्षी गठबन्धनमा १५२ सांसद छन्। ११ सांसद पद रिक्त छ।

डेढ दशकमा पहिलो पटक भारतीय प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...