असान्दर्भिक मुद्दामा अल्झेर नबसी देश विकासमा लागौ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कसैले पनि विगतका असान्दर्भक मुद्दाहरुमा अल्झेर बस्ने भन्दा पनि देश विकास कसरी हुन्छ भन्ने कुरामा चिन्तित हुनुपर्ने बताएका छन् ।

राजपाका नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भएको प्रम ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव अघि सारेका छन् । राजपा नेताहरुसँग भएको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेका हुन् । भेटमा राजपाका नेता महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीले ज्ञापनपत्र ग्रहण गर्दै राजपाले विगतमा उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका थिए । ‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन्, त्यसमा तपाईंहरुले पनि पुनर्विचार गर्नुहोस्’, प्रधानमन्त्री ओलीले राजपाका नेताहरुलाई भने ।

संविधान संशोधनका बारेमा नेताहरुले राखेका जिज्ञासामा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् । ओलीले भने, ‘संविधानमा देखिएका त्रुटिहरुमा छलफल गरौं, तर यसैमा अल्झिएर नबसौं । अब देश विकासमा एकजुट भएर लागौं ।’

राजपाका नेताहरुले तराईको बाढी, मधेस आन्दोलनका घाइतेको अवस्था र मुद्दा, तराईको विकास, मधेस र थारु आन्दोलनको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान संशोधनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए । छलफलमा राजपा नेताहरु ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र केशव झाको सहभागिता थियो । भेटघाटमा प्रधानमन्त्री ओलीले तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।’ सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामाजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । ‘यी सबै समस्या समाधानका लागि राजनीतिक रुपमा योजन बनाउने र कार्यान्वयन गराउन प्रधानमन्त्रीको योजना रहेको अधिकारीले बताए । अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकाले त्यसको साटो तराईमा पनि एकीकृत वस्ती बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले राजपा नेताहरुलाई जानकारी गराएको अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...