असान्दर्भिक मुद्दामा अल्झेर नबसी देश विकासमा लागौ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कसैले पनि विगतका असान्दर्भक मुद्दाहरुमा अल्झेर बस्ने भन्दा पनि देश विकास कसरी हुन्छ भन्ने कुरामा चिन्तित हुनुपर्ने बताएका छन् ।

राजपाका नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भएको प्रम ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव अघि सारेका छन् । राजपा नेताहरुसँग भएको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेका हुन् । भेटमा राजपाका नेता महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीले ज्ञापनपत्र ग्रहण गर्दै राजपाले विगतमा उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका थिए । ‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन्, त्यसमा तपाईंहरुले पनि पुनर्विचार गर्नुहोस्’, प्रधानमन्त्री ओलीले राजपाका नेताहरुलाई भने ।

संविधान संशोधनका बारेमा नेताहरुले राखेका जिज्ञासामा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् । ओलीले भने, ‘संविधानमा देखिएका त्रुटिहरुमा छलफल गरौं, तर यसैमा अल्झिएर नबसौं । अब देश विकासमा एकजुट भएर लागौं ।’

राजपाका नेताहरुले तराईको बाढी, मधेस आन्दोलनका घाइतेको अवस्था र मुद्दा, तराईको विकास, मधेस र थारु आन्दोलनको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान संशोधनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए । छलफलमा राजपा नेताहरु ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र केशव झाको सहभागिता थियो । भेटघाटमा प्रधानमन्त्री ओलीले तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।’ सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामाजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । ‘यी सबै समस्या समाधानका लागि राजनीतिक रुपमा योजन बनाउने र कार्यान्वयन गराउन प्रधानमन्त्रीको योजना रहेको अधिकारीले बताए । अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकाले त्यसको साटो तराईमा पनि एकीकृत वस्ती बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले राजपा नेताहरुलाई जानकारी गराएको अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...