अमेरिकी राजदूतले भनिन नेपाल धेरैसुन्दर छ, अब समृद्ध बनेको हेर्न पाऊ



हाम्रो इकोनोमि

आफ्ना कार्यकाल सकिनै लाग्दा अमेरिकी राजदूत एलाइना बी(टेप्लिजले शुक्रबार नेकपाका अध्यक्ष प्रचण्डसँग विदाइ भेट गरेकी छन् ।

प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत एलाइनाले नेपाल सुन्दर रहेको भन्दै राजनीति स्थिरता कायम भएकोले अब आर्थिक रुपमा समेत समृद्ध बन्ने आधार भएको बताइन् ।

साथै उनले नेपालको शान्ति प्रक्रिया लगायतका ठूलाठूला चूनौतीहरुमा नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रचण्डको प्रशंसा गरेकी थिइन् ।

भेटमा अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजसँग नेपालमा शान्ति प्रक्रिया पूरा हुनुका साथै स्थायी सरकार गठन भइसकेको भन्दै अमेरिकी सरकारको सहयोग र सद्भावको आवश्यक हुने बताए ।

साथै प्रचण्डले राजदूत टेप्लिजले सकारात्मक भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए । ‘तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईंले खेलेको भूमिका सकारात्मक रह्यो ।’ प्रचण्डले भने ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...