तयार भयो ने क पाको विधान, यस्तो छ विधान हेर्नुहोस



हाम्रो इकोनोमि

पार्टी एकीकरण भएको दुई महिनामा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को विधान तयार भएको छ । विधान नहुँदा मातहतका कमिटीहरूको एकीकरण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यसअघि नै तीन महिनाभित्र मातहतका कमिटीहरू एकीकरण गर्ने ने क पाले बताएको भए पनि विधान र नियमावली बन्न नसक्दा एकीकरण विस्तार हुन नसकेको हो ।

२ वर्षभित्र महाधिवेशन
विधानअनुसार ने क पाको महाधिवेशन २०७७ जेठ ३ भित्र सम्पन्न गरिसक्नुपर्नेछ । त्यस्तै, प्रदेश कमिटीको अधिवेशनको समयसीमा डेढ वर्ष तोकिएको छ भने एक वर्षभित्रमा जिल्ला अधिवेशन गर्ने गरी विधान तयार पारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

त्यस्तै महानगर, नगर, गाउँपालिका र ती मातहतका वडा कमिटीको अधिवेशन पनि एक वर्षभित्र गरिसक्नुपर्नेछ ।

बम
अध्यक्षसमेत प्रतिनिधि चुनिनुपर्ने
पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन ने क पाले पार्टी अध्यक्षले समेत तलबाट निर्वाचित भएर आउनुपर्ने विधि तयार पारेको छ । लोकतान्त्रिक अभ्यासलाई अझै व्यवस्थित गर्न र मातहतका कमिटीप्रति अपनत्व बोध गराउन ने क पाले हरेक प्रतिनिधि निर्वाचित हुनुपर्ने विधि लागु गराउन खोजेको रिजालले जानकारी दिए ।

यसअघि एकीकरण भएका दुवै पार्टीको इतिहासमै यो नवीन प्रयोग भएको रिजालले जानकारी दिए । यसअघि आयोजक कमिटीका सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्थालाई बदलेर आयोजकसमेत चुनिएर आउनुपर्ने व्यवस्था राखेको हो ।

वर्तमान व्यवस्थानुसार ने क पाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल सम्बन्धित ९संगठित सदस्य० रहेकै भूगोलबाट प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने छ ।

विधानमा आयोजक कमिटीले पाँच प्रतिशत प्रतिनिधि मनोनीत गर्न सक्ने प्रावधानसमेत राखेको छ । यस्तै पार्टीको अध्यक्ष बन्न पोलिटव्युरो सदस्य भई एक कार्यकाल काम गरेको कार्यअनुभव चाहिनेसमेत विधानले व्यवस्था गरेको छ ।

३३ प्रतिशत महिला अनिवार्य
एकीकृत पार्टीमा ३३ सदस्य नपुगेको बारे पार्टीभित्र र बाहिर व्यापक आलोचना खेपेको ने क पाले अब बन्ने कमिटीमा भने ३३ प्रतिशत महिला अनिवार्य गरेको छ । कदाचित् महिला संख्या नपुगे खाली राखेर भए पनि मनोनीत गर्नुपर्ने प्रावधान राखेको छ ।

महिला नभए पुरुषै राखेर भए पनि कमिटीलाई पूर्णता दिने चलनलाई वर्तमान विधानले खारेज गरिदिएको छ ।

हट्यो उमेर हद
यसअघि पूर्व एमालेले ७० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकास लिनुपर्ने प्रावधान राखेर उमेरहदको प्रवन्ध गरेको थियो । उक्त व्यस्थानुसार वामदेव गौतमलगायत नेताले ‘रिटायर्डमेन्ट’ लिनुपर्ने थियो ।

तर, वर्तमान विधानले भने त्यो व्यवस्था अस्वीकार गरेको छ । विधान कार्यदलमा रहेका केही नेताले उमेर हद राख्नुपर्ने सुझाव दिएका थिए । तर, दुई पार्टी एक हुन लागेकाले शुरूमै यस्तो व्यवस्था राख्न नहुने मत बलियो भएपछि उमेर हदको प्रवन्ध हटेको ने क पाका नेता बताउँछन् ।

दुई अध्यक्ष, दुई वरिष्ठ नेता
वर्तमान विधानअनुसार ने क पामा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्तासहित ९ सदस्यीय सचिवालय रहनेछ । त्यस्तै ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यी केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ । प्रदेश कमिटी न्यूनतम १५१ सदस्यीय हुनुपर्ने व्यवस्था गरेको छ भने ती प्रदेशअन्तर्गतका जिल्लाबाट तीन जनाका दरले सदस्य रहने व्यवस्था पनि विधानले गरेको छ ।

यस्तै जिल्ला कमिटी न्युनतम १२५ सदस्यीय र प्रत्येक निर्वाचन क्षेत्रबाट दश जना सदस्य निर्वाचित हुने व्यवस्था विधानले गरेको छ । वर्तमान व्यवस्था अनुसार काठमाडौँमा २२५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ ।

महानगर, नगर, गाउँपालिका कमिटीको संख्या भने हेरफेर छैन । जसअनुसार महानगर ७५, नगर ६१ र गाउँपालिका ५१ सदस्यीय बन्ने छ । वडा कमिटी २५ सदस्यीय र आधारभूत ९प्रारम्भिक० कमिटी १५ सदस्यीय बन्ने छ ।

३२ केन्द्रीय विभाग
वर्तमान विधानअनुसार ने क पामा ३२ विभाग रहनेछन् भने सबैमा प्रमुख–उपप्रमुख र सचिव रहनेछन् । विभागको सदस्य बढीमा ३५ रहने विधानमा व्यवस्था छ । जसमा प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीले तोक्ने छ भने सचिवको चयनचाहिँ सदस्यहरूले गर्न पाउने व्यवस्था राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...