प्रधानमन्त्री ओलीले डा. केसीलाई दिए निहित राजनीतिक स्वार्थ पूर्तिका लागि नलाग्न यस्तो चेतावनी



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले निहित राजनीतिक उदेश्य पुरा गर्नका लागि डा। गोबिन्द केसीको जीवनमाथि खेलबाड नगर्न चेतावनी दिनुभएको छ ।

पोखरा बिश्वबिद्यालयको १९ औं साधरणसभामा बिहीवार बोल्दै उहाँले डा। केसीको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको र त्यसका लागि सरकार गम्भीर रहेको बताउनुभएको हो ।

‘उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन ? उहाँको स्वास्थ्य बिग्रिएको छ । त्यो थाहा पाएर हामीले उपचारका लागि चिकित्सक पठाएका छौं । तर बेडमा जानै नदिने । उपचार हुनै नदिने । वास्तवमा उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन रु’

प्रधानमन्त्रीले राजनीतिका लागि केसीको जीवनसँग खेलबाड गर्ने काम भइरहेको बताउनुभयो । ‘राजनीतिका लागि उहाँको जीवनसँग खेलबाड भइरहेको छ । उहाँलाई अरुले घेरेर राखेका छन्’ उहाँले भन्नुभयो । केसीका नामका केहीले आफ्नो रोटी सेकेर खाइरहेको भन्दै त्यो अनुपयुक्त भएको उहाँले बताउनुभयो ।

चिकित्सकहरुको आन्दोलन मर्यादाबाहिरको भएको प्रधानमन्त्रीले बताउनुभयो । ‘काम नै बिरामीको उपचार गर्ने हो । आफूलाई चिकित्सक भन्ने तर बिरामीको उपचार नगर्ने । यो अमर्यादित हो’ प्रधानमन्त्रीले भन्नुभयो,‘डाक्टरले आज बिरामीको उपचार गर्दिन, भोलि गर्छु भन्दा कयौंको ज्यान जान सक्छ । यस्तो काम उचित होइन ।’

कांग्रेसको आन्दोलनको औचित्य नरहेको प्रधानमन्त्रीले बताउनुभयो । ‘के कारणले कांग्रेसले आन्दोलन गर्ने हो रु के करणले आन्दोलन गर्नुपर्ने भयो रु बिकास हुने भयो भनेर हो रु भ्रष्टचार समाप्त हुने भयो भनेर हो रु’ प्रधानमन्त्रीले भन्नुभयो,‘ होइन आन्दोलन सोख हो भने त कसको के लाग्छ र ?’

प्रधानमन्त्री ओलीले आफु जनताको प्रधानमन्त्री भएको भन्दै त्यसै अनुरुपका कामहरु भइरहेको बताउनुभयो । ‘कसैलाई नेपाल कम्युनिष्ट पार्टी मन नपर्न सक्छ वा कसैलाई प्रधानमन्त्री केपी ओली मन नपर्न सक्छ । कसैलाई मन नपरेको प्रधानमन्त्री भयो होला’ उहाँले भन्नुभयो,‘तर म कुनै पार्टीको प्रधानमन्त्री होइन, देशको प्रधानमन्त्री हो । म एक पार्टीको होइन, सबै पार्टी र सम्पुर्ण नेपाली जनताको प्रधानमन्त्री हो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...