आवासीय घर भत्किदा मृत्यु हुनेको संख्या नौ पुग्यो, सडक दुर्घटनामा १० को मृत्यु



हाम्रो इकोनोमि

भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा मङ्गलबार अबेर एक आवासीय घर भत्किदा नौ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् ।

भत्किएको भवनको भग्नावशेषबाट बिहीबार उद्धारकर्ताले थप चार व्यक्तिको शव निकालेपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ । उक्त छ तले आवासीय भवन भत्किएपछि यसबाट छिमेकमा रहेका अन्य भवनलाई पनि क्षति पुगेको बताइएको थियो ।

नयाँ दिल्लीबाट पूर्वतर्फको इलाकामा रहेको सो भवनमा दुई परिवारका श्रमिक बसिरहेका थिए । करिब १५० जना उद्धारकर्ताको सहयोगबाट उनीहरुको शव निकालिएको भारतीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।

यस घटनापछि प्रहरीले सो भवनको मालिकसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । उक्त भवन वर्षाका कारण भत्किएको अनुमान गरिएको छ । भारतमा जुनदेखि सेप्टेम्बरसम्म हुने मनसुनी वर्षाका कारण कैयौँ भवन भत्किने गरेका घटना सार्वजनिक हुने गरेको पाइन्छ ।

यसैबीच प्राप्त अर्को एक समाचारमा भारतमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । बिहीबार भएको यस घटनामा अन्य कैयौँ घाइते भएका छन् । उत्तरी भारतीय राज्य उत्तराखण्डमा यो दुर्घटना भएको बताइएको छ ।

विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च रहेको पाइएको छ । चालकको लापरवाही, सडकको मर्मत समयमै नहुनु, सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गर्नुजस्ता कारणले यहाँ धेरै मात्रामा सडक दुर्घटना हुने गरेको विज्ञको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...