जुम्लामा गोली चल्यो, एक प्रहरी सहित दर्जनौ प्रदर्शनकारी घाइते



हाम्रो इकोनोमि

जुम्लाः प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ुरणभूमिुमा परिणत भएको छ । बिहानैदेखि डाक्टर केसीलाई प्रतिष्ठानबाट निकालेर काठमाडौँ पठाउन प्रयासरत प्रहरी र केसीका समर्थक तथा विद्यार्थीहरुबीच झडप हुँदा अस्पताल ुरणभूमिु बनेको हो ।

केसी अनशनरत प्रतिष्ठानमा पस्न खोजेका प्रहरीलाई रोक्न भेला भएका विद्यार्थीसँग झडप हुँदा दर्जनौँ घाइते भएका छन् । झडपका क्रममा गोली चल्दा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । छातीमा गोली लागेका उनको अहिले प्रतिष्ठानमै उपचार भइरहेको छ ।

झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा अस्पतालका भौतिक सामग्री क्षतिग्रस्त भएका छन् । अस्पतालभित्र झडपका क्रममा अश्रुग्याससमेत हानिएपछि विद्यार्थीहरुबीच भागाभाग भएको छ । झडपका क्रममा दर्जनौँ विद्यार्थी घाइते भएपछि अनशनर डा केसीले आफूले विद्यार्थीको रगत बगेको देख्न नसक्ने भन्दै काठमाडौँ जान तयार भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...