कांग्रेसने नेता पौडेलले कम्युनिस्ट सरकार कमाउ धन्दामा लागेको यसरी लाए आरोप



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार कमाउ धन्दामा लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस, मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिस्ट सरकार कमाउ धन्दा गर्नेलाई मात्रै पोस्दै छ । यो कुराको पुष्टि सरकारले संसदमा पेश गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सम्बन्धी विधेययकबाट हुन्छ ।’

गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको भन्दै पौडेलले कम्युनिस्ट सरकार माफिया पोस्न लागेको आरोप लगाए । उनले डा। गोविन्द केसीका माग जायज भएकाले त्यसको रक्षामा लाग्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

कम्युनिष्ट सरकारले समाजवाद नभएर नयाँ शोषक वर्ग जन्माउन खोजेको भन्दै उनले कम्युनिस्ट सरकारको वेथिती र विकृतिकविरुद्ध कांग्रेसले सांकेतिक आन्दोलन थालेको बताए ।

‘हाम्रो त सिद्धान्त भनेको निमुखालाई न्याय र विपन्नलाई आय नै हो’, पौडेलले भने ।

पौडेलले आफ्नो आचरणलाई सुधारेर कांग्रेसलाई बचाउन र जगाउन कार्यकर्ताहरुलाई निर्देशन दिए । कर्मशील कांग्रेस बनेर जनताको बीचमा जानुपर्ने उनको मत छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...