शिक्षा मन्त्री पोखरेल भन्छन् –डा केसीलाई बचाउन हेलिकोप्टर पठाइएको हो, नआए उनकै ज्यान खतरामा



हाम्रो इकोनोमि

बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले बिहिबार बिहान हेलिकोप्टर पठाएको छ ।

उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । मन्त्री पोखरेलले भने आउन नमाने केसीकै ज्यान खतरामा पर्ने हो ।

मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन गएको हो । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

उनले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागत रुपमा निर्णय गर्ने जनाए । बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उनले बताए ।

मन्त्री पोखरेलले चिकित्सकहरु विरामीलाई सेवा दिन छाडेर आन्दोलनमा उत्रनु पर्ने आवश्यकता नरहेको समेत पत्रकार सम्मेलनमा जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...