एमाले र माओवादी मिलेको देखेर कोही – कोही आरिषले जले : नेपाल



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भूतपूर्व सैनिकहरुलाई राजनीतिक नेतृत्वमा पुग्न आवश्यक रहेको बताएका छन् ।

भूपू सैनिक र प्रहरीहरुको पेन्सनपट्टा, सेवा सुविधालगायतका विषयमा गम्भिर समस्या भएकाले त्यसको प्रतिनिधित्व गर्न भूपू सैनिकहरु आवश्यक रहेको बताएका हुन् । बुधबार धुम्बराहीमा गोर्खा भूतपूर्व सैनिक संघले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भूपू सैनिकहरुले राजनीति गर्न उम्मेद्वार बन्न नपाउने कुरा कहीं उल्लेख नभएकाले अधिकार प्राप्त गर्नका पनि राजनीति आउन आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा बोल्दै नेता नेपालले तत्कालीन नेकपा एमाले र माओवादी मिल्दा अन्य पार्टीहरु आरिषले जलिरहेको बताए । वरिष्ठ नेता नेपालले सरकारले राम्रो काम गर्न लागेको समयमा नेपाली कांग्रेसले अलोकतान्त्रिक पद्दतिबाट अफवाह फैलाउन उद्दत रहेको आरोप लगाए । । ‘एमाले र माओवादी मिलेको देखेर कसै–कसैलाई छटपटी भएको छ’, नेता नेपालले भने, ‘सरकार समस्याहरु पन्छाएर राम्रो काम गर्न लागिरहेको छ । तर, कांग्रेस खुट्टा तान्नमा तल्लिन भइरहेको छ ।’

वरिष्ठ नेता नेपालले कम्युनिष्ट जहिल्यै जनताको हित र परिवर्तनको पक्षमा रहेको पार्टी भएको बताउँदै कसैको अनावश्यक विरोधले नेकपालाई कुनै नोक्सानी नहुने दावी गरे । मुलुकले संविधान पाइसकेकाले अब सरकार जनताका आवश्यकता पूरा गर्ने दिशामा केन्द्रित रहेको समेत नेता नेपालले बताए ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...