एमाले र माओवादी मिलेको देखेर कोही – कोही आरिषले जले : नेपाल



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भूतपूर्व सैनिकहरुलाई राजनीतिक नेतृत्वमा पुग्न आवश्यक रहेको बताएका छन् ।

भूपू सैनिक र प्रहरीहरुको पेन्सनपट्टा, सेवा सुविधालगायतका विषयमा गम्भिर समस्या भएकाले त्यसको प्रतिनिधित्व गर्न भूपू सैनिकहरु आवश्यक रहेको बताएका हुन् । बुधबार धुम्बराहीमा गोर्खा भूतपूर्व सैनिक संघले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भूपू सैनिकहरुले राजनीति गर्न उम्मेद्वार बन्न नपाउने कुरा कहीं उल्लेख नभएकाले अधिकार प्राप्त गर्नका पनि राजनीति आउन आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा बोल्दै नेता नेपालले तत्कालीन नेकपा एमाले र माओवादी मिल्दा अन्य पार्टीहरु आरिषले जलिरहेको बताए । वरिष्ठ नेता नेपालले सरकारले राम्रो काम गर्न लागेको समयमा नेपाली कांग्रेसले अलोकतान्त्रिक पद्दतिबाट अफवाह फैलाउन उद्दत रहेको आरोप लगाए । । ‘एमाले र माओवादी मिलेको देखेर कसै–कसैलाई छटपटी भएको छ’, नेता नेपालले भने, ‘सरकार समस्याहरु पन्छाएर राम्रो काम गर्न लागिरहेको छ । तर, कांग्रेस खुट्टा तान्नमा तल्लिन भइरहेको छ ।’

वरिष्ठ नेता नेपालले कम्युनिष्ट जहिल्यै जनताको हित र परिवर्तनको पक्षमा रहेको पार्टी भएको बताउँदै कसैको अनावश्यक विरोधले नेकपालाई कुनै नोक्सानी नहुने दावी गरे । मुलुकले संविधान पाइसकेकाले अब सरकार जनताका आवश्यकता पूरा गर्ने दिशामा केन्द्रित रहेको समेत नेता नेपालले बताए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...