उर्जामन्त्री –बिश्वबैंकका आवासीय निर्देशकबीच भेटवार्ता



हाम्रो इकोनोमि

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा उर्जा क्षेत्रमा लगानी र सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रमा विश्व वैङकले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरेका थिए । भेटमा उर्जामन्त्री पुनले नयांमन्त्रीका रुपमा आफुले कार्यभार सम्हालेसंगै उर्जा क्षेत्रको समग्र विकासका निम्ती श्वेतपत्र जारी गरेको जानकारी दिदैं ३५ सय मेगावाट विद्युत नेपाल आफैले बनाउने गरी योजना अघि बढाएको जानकारी दिए ।

उनले त्यसका लागी १६ वटा आयोजनाको छनौट समेत भइसकेको बताए । उनले उर्जा क्षेत्रमा विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेको धारणा राखे ।

मन्त्री पुनले सङखुवासभामा अध्ययन भइरहेकोे अपर अरुणमा समेत विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेकोे भेटमा बताए ।

मन्त्री पुनले राष्ट्रिय प्राथमिकतमा रहेका आयोजना र वैदैशिक लगानीमा संचालित आयोजनालाई दु्रत गतिमा अघि बढाउनको लागी सरकारले छिट्टै संयन्त्र बनाउने तयारी गरीरहेको जानकारी दिए ।

जग्गा अधिग्रहण र वन तथा वातावरण क्षेत्रको समस्या समाधानको लागी सरकारले योजना निर्माण गरिसकेको भन्दै भविष्यमा समस्या नआउने उनको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न समेत विश्व बैंकका निर्देशकलाई आग्रह गरे ।

मन्त्री पुनले भने ‘तपाईहरु बजारको चिन्ता नगर्नुहोस, हामी क्षेत्रीय बजार मात्र होईन, उर्जा व्यापारका लागी हामी देशभित्रै पनि बजार बनाउंछौ ।’ मन्त्री पुनले छिट्टै बङगलादेशसंग पनि उर्जा कोअपेरशनमा हस्ताक्षर गर्ने सरकारको तयारी रहेको बताए ।

भेटमा विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानले अपर अरुणमा सहयोग गर्न आफुहरु तयार रहेको बताए । उनले अन्तरदेशीय प्रशारण लाइनमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको धारणा राखे ।

बङगलादेशसंगको विद्युत व्यापार सम्झौता भए अन्तरदेशीय प्रशारण लाइन निर्माणमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको उनको धारणा थियो ।

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...