डा. केसीको मुटुको धडकनमै समस्या, अवस्था चिन्ताजनक, हेलिकप्टरमा हालेर आजै काठमाडौ ल्याईने



हाम्रो इकोनोमि

 

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । यस्तो अवस्था थाहा पाएपछि सरकारले हेलिकप्टरमा हालेर काठमाडौ ल्याउने तयारी गरेको छ ।

हाइपोक्यालेमियाबाट पीडित तथा सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीलाई विगत २४ घण्टायता मुटुमा गम्भीर समस्या देखिएको छ ।

 

उनको मुटुमा गएराति साढे बाह्र बजे र बिहानीको चार बजे गरी दुईपटकमा नौ वटासम्म एक्टोपिक बिट्सहरु देखिनुका साथै यस किसिमको गडबडी पहिलेको तुलनामा यस पटक धेरै देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

 

यस्तै, स्लाइनपानी दिन खोलिएको दोस्रो हातको नसामासमेत संक्रमण देखिएपछि निरन्तर घटिरहेको सेतो रक्तकोशिका र बढ्दो संक्रमणका कारण डा। केसीलाई सेप्सिस हुने जोखिमसमेत बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

डा। केसीको रगतमा समेत पोटासियम, म्यागनेजियम र क्याल्सियमको मात्रासमेत कम हुँदै गएको छ ।

 

रगतमा पोटासियम, क्याल्सियम, म्याग्लेसियम लगायतका इलेक्ट्रोलाइट्स घट्दा डा। केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्दछ । जसबारे डा।केसीलाई अवगत गराउदाँसमेत उनले ती तत्व लिन अस्वीकार गरेको चिकित्सकहरुले जनाएका छन् ।

डा।केसीलाई यसअघि मंगलबार नै श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।

 

उनलाई श्वासप्रश्वासमा बुधबार झनै धेरै कठिनाइ भएका कारण चौबिसै घण्टा अक्सिजनको सहायतामा राखिएको चिकित्सकहरुले जनाएका छन् ।चिकित्सकहरुका अनुसार यो समस्या भइरहेमा डा। केसीलाई जुनकुनै बेला पनि सीसीयुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ । जुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध छैन ।

 

यसबाहेक, डा.  केसीलाई छाति दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा हुनुका साथै निरन्तर नसाबाट स्लाइन पानी दिइनुको बाबजुद डिहाइड्रेसन (जलवियोजन०का लक्षणहरु देखिएको उनको उपचारमा संलग्न चिकित्सक डा। पुजन रोकाया, डा। सिद्धार्थ थामी तथा डा। धिरज गुरुङ्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...