भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक वाटर राख्ने



हाम्रो इकोनोमि

नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले ७ वटा ‘वाटर क्यानन’ खरिद गर्ने प्रक्रिया थालेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर खरिद प्रक्रिया सुरु गरिएको स्रोतले बतायो ।

‘लञ्चर फिट गरिएको क्याननले चारैतिर घुमेर फोहोरा हान्न सक्नेछ’, प्रहरीले स्रोतले भन्यो, ‘त्यसबाटै अश्रुग्यास, ग्रिनेट पनि हान्न सकिनेछ ।’

चीनको एक मल्टिनेश्नल कम्पनीबाट ५ वटा क्यानन ल्याउने प्रक्रिया सुरु गरिएको हो । ‘५ वटा क्यानन २ देखि ३ महिनाभित्र आउने निश्चित भएको छ’, उनले भने, ‘थप दुई वटाका लागि चाहिँ अलि समय लाग्ने भएको छ ।’

यसअघि प्रहरी प्रधान कार्यालयमा एउटा मात्र ‘वाटर क्यानन’ थियो, जुन काठमाडौं उपत्यकाहरुमा आन्दोलन वा प्रदर्शन हुँदा पानीको फोहोरा हान्न प्रयोग हुन्छ । तर, अन्यत्र एकै पटक लाठी चार्ज वा अश्रुग्यास हान्ने गरिएको छ ।

एउटा वाटर क्याननको साढे ४ करोड भन्दा बढी पर्छ । यसअघि आईजीपी भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै खनालले प्रहरीलाई थप वाटर क्यानन अत्यावश्यक भएको खरिद प्रक्रिया अघि बढाएको बताएका थिए ।

के हो वाटर क्यानन ?

स्थानीय प्रशासन ऐन, २०२८ मा प्रहरीले जुलुस, भीड नियन्त्रणका लागि पहिले पानीको फोहोरा हान्नु पर्ने व्यवस्था गरेको छ ।

सोही अनुरुप भीडलाई तितरवितर बनाउन वाटर क्यानन प्रयोग हुँदै आएको छ । अश्रुग्यासबाट मानिसहरु घाइते र बिरामी हुन सक्ने भएकाले पनि वाटर क्याननको प्रयोगलाई राम्रो मानिन्छ । यसले निश्चित क्षेत्रमा तीब्र गतिमा पानी फ्याल्ने गर्छ ।

वाटर क्यानन पहिलो पटक सन् १९३० मा जर्मनीमा दंगा नियन्त्रणका लागि प्रयोग भएको थियो । त्यसयता विश्वका विभिन्न देशका प्रहरी संगठनले यसको प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...