युवती हत्याको आशंकामा युवक, यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–७, लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

पक्राउ परेका बोहरालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुभयो । दुई दिनअघि प्रहरीले विष्टको हत्याको आरोपमा २१ वर्षीय मदन गिरीलाई पक्राउ गरेको थियो ।

विष्टको असार ३२ गते बिहान १ बजे लालझाडी गाउँपालिका–५, लालझाडी जंगलको आमखैया नजिक शव फेला परेको थियो । विष्ट असार २६ गते घरबाट हराएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...