मुखभित्र सुन ल्याउदै गर्दा यसरी परे प्रहरीको फन्दामा, अझै रोकएन सुन तस्करी



हाम्रो इकोनोमि

मुखभित्र सुन लुकाएर ल्याएका दुई जना भारतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको छ । उनीहरुको साथबाट २ सय ५५ ग्राम सुन बरामद गरिएको छ ।

मंगलबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक रहिस अहमद र मोहम्मद अजामलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।विमानस्थल भित्र केही नबोली इशाराको भरमा निस्किएको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

अहमदबाट एक सय १६ र अजामसँग एक सय ३९ ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । दुबै जनाले सुनका टुक्रा मुखभित्र लुकाएर ल्याएका थिए ।

पक्राउ परेका दुबै जनाबारे आवश्यक अनुसन्धानपछि राजश्व विभागमा बुझाउने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...