नेकपाको महाधिवेशन प्रतिनिधि बन्न अध्यक्षले पनि चुनाव जित्नुपर्ने



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ प्रयोग हुने भएको छ। अब अध्यक्षलगायत केन्द्रीय समितिका सबै सदस्यले सीधै महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । उनीहरूले पार्टी सदस्यता रहेको भूगोलबाट चुनाव जितेर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ ।

प्रधानमन्त्री निवास बालुवटारमा मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधान तथा नियमावलीको टुंगो लगाउँदै यस्तो निर्णय भएको हो।

यसअघि केन्द्रीय समितिका सबै नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो। मंगलबारको निर्णयले भने अब अध्यक्षले पनि चुनाव लडेर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ।

महासचिव विष्णु पौडेलले नेपाल समयासँग भने, ‘अब महाधिवेशन प्रतिनिधि बन्न अध्यक्ष, महासचिवलगायत सबैले तलबाट चुनिएर आउनुपर्ने छ।’ उनका अनुसार यदि केन्द्रीय समितिमा रहेका नेताहरू महाधिवेशन प्रतिनिधि निर्वाचित हुन नसके आयोजकको हैसियतमा भाग लिने तर मताधिकार प्रयोग गर्न पाउने छैनन्। पराजित नेताले उम्मेदवार बन्न र महाधिवेशनका नीतिगत निर्णयमा पनि मतदान गर्न पाउने छैनन्।

यसरी तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्ने पार्टीमा नेकपा दोस्रो भएको छ। यसअघि कांग्रेसले यो विधि प्रयोग गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...