बाबुआमा गुमाएका टुहुरा नाबालकलाई सहयोग



हाम्रो इकोनोमि

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा असार २२ गते शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्तीमगर र जीतमाया घर्तीमगरका नाबालक छोरालाई सोमबार लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजले रु २० हजार १० आर्थिक सहयोग उपलब्ध गराएको छ ।

रोल्पाको थवाङ गाउँपालिका–१, फुर्तीवाङ स्थायी बसोबास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पतीको मृत्यु भए पछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विवश र ६ वर्षीय विशेषनलाई कोठामा नै पुगी क्लबका तर्फबाट अध्यक्ष पवित्रा न्यौपानेले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

महिला मात्रको सो क्लबले एकआपसमा संकलन गरी जुटाएको उक्त रकम सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक कञ्चन थापाले जानकारी दिनुभयो ।

लायन्सले आपत्विपत्मा परेका सर्वसाधारणलाई सहयोग गर्दै सामाजिक सेवामा समर्पित रहँदै आएको बताउँदै लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट बी १ का क्षेत्रीय अध्यक्ष शिवराज आचार्यले नाबालकका लागि गरिएको सहयोग सराहनीय भएको बताउनुभयो ।

नाबालकका लागि गरिएको सहयोगप्रति रोल्पा—पोखरा सम्पर्क समाजका सल्लाहकार आशमान रोक्काले आभार व्यक्त गर्दै नाबालकद्वयको भविष्यप्रति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

हस्तान्तरण समारोहमा क्लबका उपाध्यक्ष पद्मा शर्मा, सचिव लक्ष्मी न्यौपाने, कोषाध्यक्ष कविता गुरुङलगायत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...

काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...