चिनियाँ उपमन्त्री सी जुन पाँचदिने नेपाल भ्रमणमा, नेपाल – चीन सम्बन्ध जनस्तरमा लैजान यस्तो छ योजना



हाम्रो इकोनोमि

पाँच दिने नेपाल भ्रमणामा रहेका चिनियाँ सार्वजनिक सुरक्षा उपमन्त्री सी जुनले सोमबार गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्।

ल्क्ष्ऋ ब्क्क्ष्ब्
आइतबार बौद्धनाथ र स्वयंभुको अवलोकन भ्रमण गरेका उनले दोस्रो दिन गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन्। गृह मन्त्रालयमा भएको वार्तामा उनले नेपाल(चीनबीचको आपसी सम्बन्धलार्इ बलियो र जनस्तरमा लैजानु पर्नेमा जोड दिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टरार्इले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल भ्रमण गर्ने जुन सबैभन्दा उच्च व्यक्ति हुन्। सार्वजनिक सुरक्षा उपमन्त्री सी जुनले मन्त्री थापालाई चीन भ्रमणको निम्तो समेत दिएका छन्।

भेटवार्ताका क्रममा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए। उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए।

सशस्त्र प्रहरीको तालिम केन्द्र निर्माण गरिदिएको चीनले गृह मन्त्रालय भवनको स्तर उन्नतिका लागि समेत आर्थिक सहयोग गरिरहेको छ। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...