संस्थागत भ्रष्टाचारले विकासको काममा प्रभाव : मुख्यमन्त्री गुरुङ



हाम्रो इकोनोमि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा उहाँले भन्नुभयो, “ भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौती देखिएको छ ।”

“बजेट खर्च गर्ने राज्यको प्रक्रियामा ढिलाइ छ, संस्थागत भ्रष्टाचार बढ्न थालेको छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “यसको अन्त्य नभएसम्म अपेक्षित विकास निर्माण हुन सक्दैन ।”

उहाँले जनप्रतिनिधिहरुमा पनि जनताको सेवामा भन्दा हाकिम र ठेकेदारसँगै मिलेमतोमा लाग्ने प्रवृत्ति बढेकोमा दुःख व्यक्त गर्दै यसका लागि प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताउनुभयो ।

“उपभोक्ता समितिका भरमा मात्र योजना छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “योजना सँगै जनप्रतिनिधिको कामकारबाहीलाई पनि अनुगमन गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा समन्वय समितिका योजना तथा गतिविधिबारे जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवाले प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...