पौडेल समूहको भेलामा सिटौला नगएपछि यस्तो चल्यो खैलाबैला



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलामा कृष्ण सिटौला अनुपस्थित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने साझा धारणा बनाउन पौडेलले भेला बोलाएका थिए ।

बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको भेलामा सिटौला अनुपस्थित रहे । सिटौलाले डाक्टरसँग समय मिलाएकाले आफू आउन नसक्ने सन्देश पठाएका थिए ।

तर, भेला पूर्वनिर्धारित भएकाले सिटौला, पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाउन नआएको हुन सक्ने एक नेताले आशंका गरे । पछिल्लो समय पौडेल पार्टी सभापति देउवाप्रति नरम देखिएकोमा सिटौला समूहका नेताहरु शशंकीत छन् ।

भेलामा सांसद गगन थापा पनि थिएनन् । उनी शिक्षण अस्पतालको एक कार्यक्रममा थिए । सिटौला निकट मानिएका केन्द्रीय सदस्य प्रदीप पौडेल भने भेलामा थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...