भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस



हाम्रो इकोनोमि

सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ ।

कांग्रेस नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिलवस्तुबाट प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, नेकपाका चक्रपाणि खनाल बलदेवसँग पराजित भए ।

यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । उनी यूएईका पूर्व राजदूत हुन् ।

सरकारले राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन चाहेको थियो । तर, उनले सचिवको कार्यकाल पूरा गर्ने बताएको परराष्ट्र स्रोतले बताएको छ । अब त्यस ठाउँमा मन्त्रालयकै सहसचिवलाई पठाउने सम्भावना छ ।

सरकारले हालै मात्र स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यस्तै यूएईका लागि राजदूत पद पनि रिक्त छ । सरकारले हालै पारित गरेको मापदण्ड अनुसार कर्मचारीबाट ५० प्रतिशत पठाउने उल्लेख रहेकाले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिसँगै यूएईको राजदूतमा पनि कर्मचारीबाट पठाउने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...