भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस



हाम्रो इकोनोमि

सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ ।

कांग्रेस नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिलवस्तुबाट प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, नेकपाका चक्रपाणि खनाल बलदेवसँग पराजित भए ।

यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । उनी यूएईका पूर्व राजदूत हुन् ।

सरकारले राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन चाहेको थियो । तर, उनले सचिवको कार्यकाल पूरा गर्ने बताएको परराष्ट्र स्रोतले बताएको छ । अब त्यस ठाउँमा मन्त्रालयकै सहसचिवलाई पठाउने सम्भावना छ ।

सरकारले हालै मात्र स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यस्तै यूएईका लागि राजदूत पद पनि रिक्त छ । सरकारले हालै पारित गरेको मापदण्ड अनुसार कर्मचारीबाट ५० प्रतिशत पठाउने उल्लेख रहेकाले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिसँगै यूएईको राजदूतमा पनि कर्मचारीबाट पठाउने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...