बलात्कारको घटना बढ्दै, यस्तो घटनाले हाम्रो समाजलाई कता लादैछ, फेरी पनि १४ वर्षीय बालिका बलात्कृत



हाम्रो इकोनोमि

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिक बलात्कृत भएकीछिन । बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । असार ३१ गते दिउँसो उनले ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थान निवासी २५ वर्षीय जीतबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै र निजलाई हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान पनि भइरहेकाले प्रमाणित भएमा कानून बमोजिम मुद्दा चलाइने बताए । यसै गरी सोही दिन उदयपुरमा विश्वकप २०१८ को फाइनल हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कार गर्ने सिरहा लाहानका तीन युवालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई सोमबार १२ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । ‘घटनामा संलग्न तीनै जनालाई प्रमाणसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसरी समाजमा दिनदिनै छोरी चेलीहरु बलात्कृत हुनुले अब हाम्रो समाजमा अपराधिक कृयाकलापमा मानिसहरु गएको देखिन्छ । नैतिकवान र चरित्रवान समाज निर्माणको परिकल्पना गर्नुपर्ने यो समयमा यीर यस्ता घटनाले हाम्रो समाज अपराधउन्मुख हुदै गएको हो की भन्ने आभास हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...