बलात्कारको घटना बढ्दै, यस्तो घटनाले हाम्रो समाजलाई कता लादैछ, फेरी पनि १४ वर्षीय बालिका बलात्कृत



हाम्रो इकोनोमि

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिक बलात्कृत भएकीछिन । बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । असार ३१ गते दिउँसो उनले ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थान निवासी २५ वर्षीय जीतबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै र निजलाई हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान पनि भइरहेकाले प्रमाणित भएमा कानून बमोजिम मुद्दा चलाइने बताए । यसै गरी सोही दिन उदयपुरमा विश्वकप २०१८ को फाइनल हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कार गर्ने सिरहा लाहानका तीन युवालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई सोमबार १२ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । ‘घटनामा संलग्न तीनै जनालाई प्रमाणसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसरी समाजमा दिनदिनै छोरी चेलीहरु बलात्कृत हुनुले अब हाम्रो समाजमा अपराधिक कृयाकलापमा मानिसहरु गएको देखिन्छ । नैतिकवान र चरित्रवान समाज निर्माणको परिकल्पना गर्नुपर्ने यो समयमा यीर यस्ता घटनाले हाम्रो समाज अपराधउन्मुख हुदै गएको हो की भन्ने आभास हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...