माथेमा आयोगको प्रतिवेदन नै गलत : केसीको अनशन राजनीति केन्द्रित, यस्तो छ भित्री कुरा



 

मेकिडल शिक्षा  र सेवाको गुणस्तर बृद्धिको माग राखेर त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डाक्टर गोविन्द केसी जुम्लामा अनशन बसिरहेका छन् । केसीको अनशन टुंग्याउने बँरेमा अहिले सरकारको तर्फबाट नारायणकाजी श्रेष्ठ र केसीका सहयोगी अभिषेक सिंहबीच काठमाडांैमा अनौपचारिक वार्ता भएको छ ।

 

तर, केसीसंग भने औपचारिक वार्ता भइसकेको छैन । खासमा डा. केसीको अनशन राजनीतिकरण भइरहेको छ । उनको समर्थनमा निस्कने कांग्रेस नेता गगन थापादेखि विवेकशील साझाका रविन्द्र मिश्रसहितको टोलीमाथि पनि गम्भीर प्रश्न उठाउन थालिएको छ ।

 

थापा स्वास्थ्यमन्त्री हुँदा केसीले २ पटक अनशनमा बसेका थिए । त्यतिबेला केसीकाविरुद्धमा थापा थिए । केसीले वरिष्ठताका आधारमा नियुक्तिको माग राखेका थिए । तर, त्यतिबेलाका स्वास्थ्यमन्त्री गगन थापाले ११ औं तहका डाक्टरलाई छोटेर ९ औं तहका भुपेन्द्र बस्नेतलाई वीर अस्तालको  डाइरेक्टर नियुक्त गरेका थिए ।

 

अहिले केसीको अनशनको विषयलाई लिएर विवेकशील साझा भने विभाजित भएको छ । नेता मुमाराम खनाल र डा. सूर्यराज आचार्य केसीको अनशनका पक्षमा छैनन् । उनीहरू विरोधका कार्यक्रम सहभागी छैनन् । तर, संयोजक रविन्द्र मिश्र चाहिं आन्दोलनलाई साथ दिइरहेका छन् ।

 

खासमा विदेशमा डाक्टर पढाउन पठाउने कन्सलटेन्सी र चालु अवस्थामा रहेका मेडिकल कलेजद्वारा अनशन प्रभावित भइरहेको छ । बर्षमा नेपालबाट करीब ५ सय विद्यार्थी डाक्टर अध्ययनमा लागि जाने गरेको मेडिकल काउन्सिलको तथ्यांक छ । एकजना विद्यार्थीले एमबीबीएस सक्न कम्तीमा पनि ५० लाख रुपैयाँ खर्च गर्छ ।

 

त्यसरी हेर्दा एक पटक एमबीबीएस विदेशमा अध्ययन गर्दा २ अर्ब ५० करोड रुपैयाँ विदेशिन्छ । एकजना विद्यार्थीले आफ्नो ४ बर्षमा खर्च गर्ने रकम हो रु. ५० लाख ।

 

तर, बर्षमा ५ सय जनाको दरले विदेशिने भएकाले त्यही अनुपातमा हिसाब गर्दा पनि बर्षेनी रु. २ अर्ब ५० करोडका दरले बाहिरिन्छ । अनि एउटा कन्सलटेन्सीले एकजना विद्यार्थीबाट करीब ५ लाख रुपैयाँ कमिशन लिन्छन् जो स्वयम् विद्यार्थीलाई थाहा हुँदैन ।

 

त्यसरी लिने ५ लाख रुपैयाँ ५ सयजनाबाट लिंदा बर्षमा करीब २५ करोड रुपैयाँ हुन्छ । यो सीधासीधा सीमित कन्सलटेन्सीले गर्ने आम्दानी नेपालमा नयाँ मेडिकल कलेज सञ्चालनमा आउदा घरमै बसेर कमाई गर्न सम्भव हुँदैन । अझ ती कन्सलटेन्सीले गुणस्तरहीन कलेजबाट छुट्टै कमिशन पाउछन् विद्यार्थी पठाएवापत ।

 

यो आकर्षक विजनेशको निरन्तरताका लागि उनीहरू गोविन्द केसीलाई उचाल्ननु नौलो कुरा भएन ।  साथै, अहिले सञ्चालनमा रहेका मेडिकल कलेज पनि प्रतिस्पर्धी हुनुपर्ने भएकोले पनि नयाँ मेडिकल कलेज आउन दिन चाहँदैनन् ।

 

माथेमा प्रतिवेदन परिमार्जन 
गोविन्द केसीले अनशन बसेर हुबहु कार्यान्वयनमा लैजानुपर्ने माग गरेको माथेमा आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । मुलुक संघीयतामा जानुभन्दा पहिला  तयार भएको माथेमा आयोगको प्रतिवेदन प्रादेशिक संरचना अनुसार लागू गर्न र त्यही सुझाव अनुसार, अगाडि बढ्न सक्ने अवस्था नभएकोले उक्त प्रतिवेदनको रिभ्यू गर्नु आवश्यक देखिएको मेडिकल डाक्टरहरूले नै बताएका छन् । त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाको नेतृत्वमा गठन भएको  उच्चस्तरीय कार्यदलले मेडिकल शिक्ष्ाँ तथा स्वास्थ्य सुधारका लागि सुझाव दिएको थियो ।

 

माथेमा कार्यदलको प्रतिवेदनको सिफारिश ३ बर्षपछि हुबहु लागू गर्न नसकिने विज्ञहरूले बताएका छन् । मेडिकल क्ष्ँेत्रमा दिनदिनै हुने विकास र आवश्यकताको बढोत्तरीले ३ बर्ष पहिलाको तथ्य, तथ्यांक र सुझाव अहिले काम नलाग्ने तर्क गरेका छन् । सोही कारण प्रतिवेदन परिमार्जन गरेर मात्रै केसीका मागमाथि बहस, छलफल हुनुपर्ने विज्ञको तर्क छ ।

 

नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणि दीक्षितले नयाँ सविधान जारी हुनुभन्दा पहिला  बनेको आयोगले संघीय मुलुकलाई समेट्न नसकेकोले प्रतिवेदन नै रिभ्यु गर्नुपर्ने तर्क गरे । प्रदेशले आफ्नो अनुकूलमा मेडिकल कलेज सञ्चालन गर्न सक्ने संविधानले अधिकार दिएको अवस्थामा माथेमा कार्यदलले कडाई गर्न नसक्ने तर्क दीक्षितको छ ।

 

दीक्षितले साँघुसंग कुरा गर्दै भने ‘प्रदेश–२ ले तीनवटा मेडिकल कलेज सञ्चालन गर्छु भन्ला अनि प्रदेश–३ ले काठमाडौंमा मेडिकल कलेज खोल्ने निर्णय गर्ला ? उसलाई त्यही उपयुक्त लाग्ला, गर्ला अनि माथेमा आयोगले रोक्न मिल्छ ?’  त्यसरी नै, माथेमा कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक नै गलत भइसकेको पनि विज्ञहरूको भनाइ छ ।

 

माथेमा कार्यदलले प्रतिवेदन तयार गर्ने क्रममा विदेशमा १४ सय विद्यार्थी डाक्टर अध्ययनका लािग जाने गरेका थिए । त्यही तथ्यांकका आधारमा माथेमा कार्यदलले प्रविवेदन तयार गरेको तर अहिले ५ सय मात्रै जाने गरेको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष्ँ प्राडा.धर्मकान्त बाँस्कोटाको भनाइ छ ।

 

बाँस्कोटाको भनाइमा माथेमा प्रतिवेदनमा नेपालमा बर्षमा २ हजार डाक्टर उत्पादन हुन्छन् र बाहिरबाट ६ सय आउछन् भन्ने उल्लेख गरेको छ । तर, अहिलेको अवस्थामा कुल २१ सय डाक्टर उत्पादन हुन्छन् । नेपालमा उत्पादन हुने डाक्टरमध्ये सबै नेपाली होइनन् ।

 

काठमाडांै विश्वविद्यालयमा ४० प्रतिशत र त्रिविमा ३० प्रतिशत जति विदेशी विदेशी विद्यार्थी अध्ययन गर्छन् । त्यसरी हेर्दा नेपालमा रहने नेपाली डाक्टरको संख्या १४ सय हुन्छ । यो विश्लेषण नगरी माथेमा कार्यदलले प्रतिवेदन तयार गरेको विज्ञहरूको भनाइ छ ।

 

जननिर्वाचित सरकारको अपमान
डा.गोविन्द केसी र उनका समर्थकले जनताबाट निर्वाचित सांसद र सरकारको अपमान गर्ने काम गरिरहेका पनि विज्ञहरूको तर्क छ । अहिलेको दुईतिहाई भएको सरकारलाई धम्क्याएर वार्ता गर्ने भए जुम्ला आइज भन्नु जनमतको अपमान भएको उनीहरूको भनाइ छ । सार्वभौम सांसदलाई पनि नटेर केसीले संसदको पनि अपमान गरेको उनीहरूको टिप्पणी छ । ‘गोविन्द केसीको अहिलेको अहम्ले जननिर्वाचित सरकार र संसदको अपमान भएको छ’ दीक्षितले साँघुसंग भने ‘दुईतिहाई मत भएको सरकारलाई यसरी अपमान गर्न मिल्दैन ।’

 

केसीका कारण कति मरे ? 
डा.गोविन्द केसी अनशनमा बसेपछि डाक्टरले गरेको आन्दोलनबाट कति जनाको निधन भयो ? भनेर कसैले हिसाब गरेको छैन । ‘केसीको अनशनबाट विरामीको निधनभएको छ, उपचारको अभावमा, त्यसको क्ष्ँतिपूर्ति कसले दिन्छ ?’ डा. दीक्षितले प्रश्न उठाए । दर्जनौ विरामीले समयमा उपचार नपाएर निधन भएको दीक्ष्ँितको तर्क छ । अर्कोतिर डाक्टरले सपथ ग्रहण गर्दा नै विरामीको स्वास्थ्यमा खेलवाड गर्न नपाइने उल्लेख छ । डाक्टरले माइतीघरमा प्लेकार्ड बोकेर जाने अनि चौरमा ओपिडी सञ्चालन गरेको नौटंकी गर्नु गलत भएको पनि दीक्षितको भनाइ छ ।

 

विरामीको मानवअधिकार हनन 
समयमा विरामीले उपचार पाउनुपर्ने नैसर्गिक अधिकार हो । विरामको उपचार छोडेर आन्दोलन निस्कन डाक्टरको नैतिकताले दिंदैन । समयमा सही उपचार नपाउनु विरामीको मानवअधिकार हनन् हुन हो भन्दै डा. दीक्षितले अहिल गोविन्द केसी र उनका समर्थक डाक्टरले विरामीको स्वस्थ्यमाथि गम्भीर खेलबाड गर्दै मानवअधिकार हनन् गरेको टिप्पणी गरे । ‘उपचार पाउनु विरामीको मानवअधिकार हो, त्यो अहिले हनन् भइरहेको छ’ दीक्षितले भने ।

 

केसीको राजनीतिकरण 
केही राजनीतिक दललाई मुद्दा चाहिएको बेला गोविन्द केसीको अनशन राजनीति केन्द्रित भएको छ । दुईतिहाईको सरकारविरुद्ध आन्दोलन गर्न कांग्रेसलाई मुद्दा चाहिएको थियो, त्यो अवसर गोविन्द केसीले उपलव्ध गराइएको र केसी तथा उनका समर्थकलाई एक्लै केही गर्न सकिन्छ भन्ने लागेको थिएन त्यसैले उनीहरू पनि दल समात्न पुगेको डा. दीक्ष्ँितको भनाइ छ ।

 

अहिले विवेकशील साझा प्लेकार्ड बोकेर माइतीघरमा जम्मा भइरहेका छन् । अनि कांंग्रेसले पनि साथ दिएको छ । कांंग्रेसले अहिलेको सरकार बद्नाम गराउन गोविन्द केसीलाई उचालेको त्रिवि आइओएमका पूर्व सहायक डीन प्राडा. रतिन्द्रनाथ श्रेष्ठको भनाइ छ ।

 

‘केसी पहिलादेखिनै राजनीतिमा लागेका थिए, त्यसैले उनको अनशनलाई राजनीतिक आँखाबाट हेर्नुपर्छ’ श्रेष्ठले भने । केसीले कांग्रेस र विवेकशील साझाका उम्मेदवारलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा मत माग्दै हिंडेका थिए । अहिले अनशन बस्दा माइतीघर मण्डलामा प्लेकार्ड बोक्ने उनीहरू नै छन् ।

 

आफ्नो विभाग कति सुधारे ?
डा.केसीले समग्र मेडिकल शिक्षा र स्वास्थ्यको सुधार कुरा गरिहरहँदा आपूm कार्यरत रहेको त्रिवि शिक्षण अस्पताल र उनको हाडजोर्नी विभाग कति राम्रो छ भन्ने प्रश्न पनि उठेको छ । त्रिवि शिक्ष्ँण अस्पताल विरामीको उपचारका लागि अव्यस्थित छ । साथै, केसीको विभाग पनि धेरै विरामी बाहिर रिफर गर्ने अनैतिक विभागमा पर्छ ।  डा. दीक्षितले भने ‘अरुलाई प्रश्न गर्नेले आफ्नो विभाग र अस्पताल सुधारेर देखाईदिए हुन्छ ।’

 

काम नगर्ने सुतेर बस्ने ?
गोविन्द केसी सरकारी जागिरे भएकोले उनले सरकारविरुद्ध अनशन बस्नु पनि गलत भएको टिप्पणी छ । अनशन बस्ने भए राजीनामा दिनुपर्ने तर्क छ । डा. दीक्षितले काम नगर्ने, बर्षमा एउटा जर्नलमा रिसर्च आर्टिकल नलेख्ने अनि अनशनमात्रै बसेर हुन्छ ? भन्दै प्रश्न उठाए । १५ पटक अनशन बस्दा पनि केसीले राजीनामाको विषय भने उठाएका छैनन् ।

 

अहिले त्रिवि शिक्ष्ँण अस्पताल घाटामा सञ्चालन भइरहेको छ । अनि निजी मेडिकल कलेल, निजी अस्पतालमा लगानी भएका डाक्टरहरू केसीको अनशनमा लाग्छन् अनि शिक्ष्ँण अस्पतालको ओपीडी बन्द गरेर विरामीहरू ग्राण्डी, चिरायु ह्याम्स, मेडिकेयरमा लैजान्छन् । चिरायु अस्पतालका लगानीकर्ता प्राडा. दीपक महरालाई कार्यकारी निर्देशक बनाउन केसी नै लागेका थिए । ग्राण्डीमा लगानी भएकी डा. दिव्यासिंह अनशनको बेला केसीको मेडिकल टिम मेम्बर हुन्थिन् ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण