अवैध लागूऔषधसहित दुई पक्राउ



हाम्रो इकोनोमि

महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय जीतेन्द्रप्रसाद साह र १९ वर्षीय चन्दनकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

दुवै युवक भारतको भिठ्ठामोड शहरबाट अवैध लागूऔषध स्पान्सनो प्रोसिभोप्लस ४० पीस, नाइट्रोसन १० पीस र पेन्टाजोसिक लेक्ट सुई पाँच थानसहित नेपाल प्रवेश गर्दा जलेश्वर नगरपालिका–३ स्थित मलिवारा चोकमा प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट अवैध लागूऔषध भेटिएपछि पक्राउ परेका हुन् ।

लागूऔषधसहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...